बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं, माघ १५ ।
बैंकिङ कसूरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप-महानगरपालिका-८ घर भएका ४९ वर्षीय कमल कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
सिंहले बिभिन्न ब्यक्तिहरूलाई प्रलोभनमा पारी साझेदारीमा जग्गा/जमिन खरिद गर्ने, ब्यापार ब्यवसाय सञ्चालन गर्ने भनी झुक्यानमा पारी लिएको रकममध्ये एकजनालाई ६० लाख रुपैयाँ फिर्ता गर्ने क्रममा चेक जारी गरेकोमा बैंकबाट चेक बाउन्स भएपश्चात फरार रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको हो ।
साथै सिंहले अर्का एकजना पीडितलाई समेत यस्तै प्रकारले दिएको ६१ लाख रूपैयाँको बैंक चेक बाउन्स भई उच्च अदालत पाटन ललितपुरको २०७७ पुस १५ गतेको आदेशले १५ लाख धरौटी माग हुँदा तत्काल बुझाउन नसकी उनी डिल्लीबजार कारागारमा गएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर उच्च अदालत पाटन ललितपुरबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.8kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…