के हो हिन्दु धर्म ? यस्तो छ इतिवृतान्त

काठमाडौं , असार ११ ।कृण्वन्तो विश्वमार्यम अर्थात् सम्पूर्ण संसारलाई नै श्रेष्ठ, सभ्य एवं सुसंस्कृत बनाउँछौँ ।

आर्यको अर्थ हुन्छ- श्रेष्ठ, सज्जन पुरुष, उत्तम पुरुष, सत्यबोध भएको पुरुष । सही मार्गमा हिँड्ने पुरुष । अब प्रश्न उठ्छ, आखिर किन र कसरी हिन्दू धर्म श्रेष्ठ धर्म हो ?

हिन्दू धर्मका विषयमा अहिले धेरै भ्रम छर्ने काम भइरहेको पाइन्छ । आफूलाई सत्य साबित गर्न चेष्टा गर्ने तत्वहरूबाट त्यसरी फैलाइएको भ्रान्तिले सीधासादा सर्वसाधारणहरू भ्रमित बनिरहेको अवस्था छ । जुन व्यक्तिले वेद, उपनिषद एवं गीतालाई राम्ररी मनन गरेर पढेको छैन र समाजमा प्रचलित धारणा वा सुन्ने सुनाउने क्रममा चलिआएका धर्मइतरका तर धार्मिकजस्ता लाग्ने भ्रमपूर्ण कुराहरूमा विश्वास गर्छ त्यस्तालाई मात्र प्रायोजित भ्रमले दिग्भ्रमित तुल्याउन सक्छ ।

जसले स्थानीय परम्परालाई नै हिन्दू धर्मको अंग मानेर बसेको छ त्यस्तालाई मात्र भ्रममा राखिरहन सक्छ । यहाँ त्यस्ता भ्रमहरू के के फैलाइएका छन् भन्ने विषयमा कुरा नगरी हिन्दू धर्म कसरी सर्वश्रेष्ठ हो भन्ने कुरामा मात्र चर्चा गरिएको छ ।

अनेक मार्गको जन्मदाता : संसारका सबै धर्म एकमार्गी छन् तर हिन्दू धर्म त्यस्तो धर्म हो जसले सत्यसम्म, आफूसम्म, मोक्षसम्म वा ईश्वरसम्म पुग्नका लागि अनेकौँ मार्गहरू निर्माण गरेको छ । उसले राजमार्ग बाहेक पनि अनेकौँ शाखा मार्गहरू बनाएको छ जसबाट मानिस सत्य र जीवनसम्म पुग्नसक्छ । व्यक्तिले आफ्नो  सुविधा र रोजाइअनुसार आफूलाई जुन मार्ग सहज लाग्छ त्यही मार्ग चयन गर्न सक्छ । उदाहरणका रूपमा हेर्ने हो भने हिन्दू धर्मग्रन्थमा ध्यानका लगभग ४ सय ५० भन्दा बढी ध्यानविधि बताइएको छ ।

भक्ति मार्ग, ज्ञान मार्ग, सांख्य मार्ग, योग मार्ग, मूर्तिपूजाको मार्ग, एकेश्वरवादी मार्ग, सर्वेश्वरवादी मार्ग, देव-देवीवादी मार्ग, निराकारको प्रार्थना गर्ने मार्ग, ध्यान मार्ग आदि सयौँ प्रकारका आध्यात्मि मार्गका अतिरिक्त यसले तन्त्र, कोल, आयुर्वेद, ज्योतिष एवं नास्तिकताको मार्ग पनि छ है भनेर बताएको छ । हिन्दू धर्मको अचम्मलाग्दो खुबी के हो भने यसले नास्तिकतालाई समेत अध्यात्मका मार्गमा प्रथम सिँढी मानेको छ । यद्यपि हिन्दू धर्मले उक्त सबै मार्गमध्ये गीतामा बताइएको मार्गलाई नै प्राथमिकता दिन्छ । गीताको मार्ग नै वेदको मार्ग हो ।

महान् आविष्कार : धर्ममा केही त्यस्ता कुरा हुन्छन् जसलाई हेरेर वा जानेर हामी भन्न सक्छौँ कि यो धर्म हो । यसका लागि केही नियम बनाइन्छन् वा यस्ता कार्य सुरु गरिन्छन् जसको माध्यमबाट मानिस धर्ममा जोडिन सकोस् । यसका लागि ऋषिमुनिहरूले मानिसहरूलाई प्रायश्चित्त गर्न, दीक्षा दिन, १६ संस्कार, प्रार्थनालय बनाउनुपर्ने बताए ।

यसैगरी परिक्रमा गर्न, नसिलाइएका सेता वस्त्र लगाएर सन्ध्यावन्दन गर्न, सन्ध्यावन्दनको समय निश्चित गर्न, मानिसहरूलाई सन्ध्याका लागि बोलाउन घन्ट, शंख आदि संकेत बजाउन, प्रार्थनाभन्दा पहिले शौच शुद्धि गर्न, जप गर्न, माला गन्न, व्रतोपवास गर्न, तीर्थ जान, दानपुण्य  गर्न, पाठ गर्न, सेवा गर्न, धर्मप्रचार गर्न आदि सयौँ कर्म छन् जसलाई अन्य धर्मले समेत अनुसरण गरेका छन् । अझ आश्चर्यलाग्दो कुरा के छ भने उक्त सबै कार्यलाई हिन्दू धर्मले चार आश्रम व्यवस्थाभित्र समेटेको छ ।

महान् संस्थापक: सामान्यतः हिन्दू धर्मको कुनै संस्थापक छैन भनिन्छ । यद्यपि यो प्रश्नको जवाफ वेद, उपनिषद एवं गीतामा पाउन सकिन्छ । खासमा आम हिन्दूहरू गीता पढ्दैनन् त्यसैले यो कुराबाट अनभिज्ञ छन् । जसले पढ्छन् उनीहरूले पनि ध्यान दिएर पढ्दैनन् तसर्थ पढेकाहरूलाई पनि धेरै कुरा थाहा हुँदैन ।

चार ऋषिले वेद सुने…

अग्निवायुरविभ्यस्तु त्र्यं ब्रह्म सनातनम् ।

Facebook Comments Box
TOP
Shares