

रित्तिदै गाउँ : वनमारा र वन्यजन्तुको त्रास,धमाधम युवा शक्ति पलायन
काठमाडौं । घरका ढोकामा ताला ठोकिएका छन् । भित्ता उप्किएर चिरा चिरा परेका छन् । घर वरपरका वनमारा पलाएरको छ भने खेतीयोग्य जमिनमा झाडी पलाएर ढपक्कै भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ कर्लिम गाउँ एक दशक अगाडिसम्म निकै रमाइलो थियो । तर अहिले बढ्दो बसाइँसराइका कारण गाउँ रित्तिदै गएको छ ।
ग्रामिण वस्तीहरु विस्तारै खाली हुन थालेका छन् । केहि वर्ष पहिलेसम्म मात्रै पनि खचाखच हुने गाउँमा मानिसहरु भेटिन छाडेका छन् ।
बढ्दो विदेश पलायन, युवा शक्ति रोजगारीको सिलसिलामा विदेश तथा स्वदेश जानैपर्ने बाध्यता लगायतका बाध्यताले गर्दा गाउँ रित्तिन थालेका छन् ।
उसोतः बसाइँ नसरेकाहरुले पनि आफ्नो परिवारलाई शहर बजारमा राखेका छन् । युवा शक्ति विदेश हुँदा गाउँमा बुढापाका बाहेक अरु भेटिन्नन् ।
बागलुङको काठेखोला जिल्लामै धेरै बसाइँसारइ गर्ने ठाउँ बन्न पुगेको छ । बसाइँसाइले गाउँमा हरेक वृद्धवृद्धालाई दुःख बिमारीको स्थितिमा अस्पतालसम्म पु¥याउने मान्छे नै पाउन छाहेको स्थानयीहरु बताउँछन् ।
गाउँमा सिमित रोजगारी, कमजोर अर्थतन्त्रका कारण असहज बन्दै गएको दैनिकी र युवा शक्ति अवसरको खोजीमा विदेशीने क्रमका कारण पनि ग्रामिण क्षेत्रमा संकट पर्न थालेको छ ।
घरहरु रित्ता बनिरहेका छन भने खेतियोग्य जमिनमा वनमारा पलाउन थालेको छ । यस्तोमा स्थानीय सरकारले नागरिकका आधारभूत आवश्यकतापुरा गर्ने काम गर्न नसक्दा पनि संकट आइरहेको छ । तर, स्थानीय सरकारले सकेसम्म प्रयास भने गरिरहेको छ । तर, मुलुकमै बस्नेवातावरणको सिर्जना र युवापुस्तालाई भरोसा दिलाउन भने उनीहरु चुकिरहेका छन् । देउवा जस्तै राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल पनि युवा पलायन मुख्य समस्याको रुपमा देखिएकोमा भने सहमत छन् ।
ग्रामिण बस्तीहरु विस्तारै झाडीमा परिणत हुन थालेका छन् । गाउँमा मर्दाको मलामी र पर्दाको जन्ति नै नपाइने स्थिति बनिरहेको छ ।
सेवा सुविधा र सहर केन्द्रित बसाईमा रम्ने कारण नै गाउँ खण्डहर बन्न थालेको छ भने उर्वर जमिनमा वनमारा पलाउन थालेको छ । यस्तो अवस्थालाई रोक्न सरकारले उचित ध्यान दिन सकेन भने समस्या थप विकराल बन्नेमा कुनै शंका छैन् ।
समाज
थप सामाग्री-
मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
-
आज वैशाख १६ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
संसद् छल्दै अध्यादेश ल्याउने अभ्यासबारे बहस, विकास र प्रशासनिक गतिलाई मुख्य कारणका रूपमा दाबी
-
लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
-
सुदूरपश्चिममा आपराधिक समूह सक्रिय नरहेको प्रहरी दाबी, भुइँतहमा भने त्रास कायम
अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
५ घण्टा अगाडि
2.5kViews 259 Shares Share on Facebook Share on Twitter धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु…



