

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा
दमौली । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ ।
वि.सं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताए । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताए । उनले भने, ‘अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।’ देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् । देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रुपमा सो पुल प्रयोग गर्दै आएका छन् । पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताए । यहाँ पक्की पुलकै आवश्यकता देखिएको उनले बताए । उनले भने, ‘गाउँपालिकाको स्रोत साधनले सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ ।’रासस
समाज
थप सामाग्री-
मधेश प्रदेशमा पाठ्यपुस्तक ढुवानी आधा मात्र सम्पन्न, देशभर वितरण लगभग पूरा
-
आज वैशाख १६ गते बुधबार,यस्तो छ तपाईको राशिफल
-
संसद् छल्दै अध्यादेश ल्याउने अभ्यासबारे बहस, विकास र प्रशासनिक गतिलाई मुख्य कारणका रूपमा दाबी
-
लगातार वर्षाका कारण बीपी राजमार्ग पूर्ण रूपमा बन्द
-
सुदूरपश्चिममा आपराधिक समूह सक्रिय नरहेको प्रहरी दाबी, भुइँतहमा भने त्रास कायम
अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्याइने
५ घण्टा अगाडि
2.5kViews 259 Shares Share on Facebook Share on Twitter धादिङ । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्याउन सुरु…



