ब्रेकिड समाचार :नरेन्द्र गुप्ताको ऋद्धीसिद्धीको सुन कारखानामा छापा ठूलो परिमाणमा रकम र सुन बरामद भएको आशंका

काठमाडौं । गएराती अवेर देखि आज विहान सबेरै भित्र न्यूरोडस्थित ऋद्धीसिद्धी सुन पसलको अज्ञात स्थलमा रहेको सुनका गहना बनाउने कारखानामा छापा हानीएको छ । सिवीआई, राजश्व अनुसन्धान वा प्रहरीको कुनै यूनीट मध्यले छापा हानेको हो । छापा हानेर ठूलो परिमाणमा गहना, काँचोसुन र नगद भारु नेरु समेत बरामद गरेको विशेष स्रोतले बताइएको छ । यद्यपि, छापा हानीएको यतीबेर भइसक्दा पनि घट्ना भने गुपचुपमै राखिएको छ । छापा हानिएको बारे कारवाही प्रक्रिया अघि नबढाउने गरी एकापसमा मिलाउने प्रयास दुवै तर्फबाट भइरहेको स्रोतको दावी छ ।
न्यूरोडका सुन व्यापारी मध्येका पटक पटक विवादमा आइरहने नरेन्द्र गुप्ताको ऋद्धीसिद्धी सुन पसलले जर्तीको मुल्य नलाग्ने भन्दै बजार भाउ बिगारेको भन्दै सुन पसलेहरु उप्रति रुष्ट थिए । यसअघि सिवीआई, राजश्व अनुसन्धान, उपत्यका अपराध अनुसन्धान लगायतका निकायमा पनि ऋद्धिसीद्धी र त्यसका सञ्चालक नरेन्द्र गुप्ता विरुद्ध राजश्व छलि गरी तस्करी गरेर ल्याइएको सुन खरिद गरेर गहना विक्री गर्ने नाममा बजार भाऊ विगारेको भन्दै सबै व्यापारी एकजुट भएर ऋद्धीसिद्धी विरुद्ध उजुरी गरेका थिए ।
सुन खरिद गरेको विल भन्दा सयौं गुणा बढी सुन विक्रीको हिसाव देखिँदा ऋद्धिसीद्धीका नरेन्द्र गुप्ता यसअघि नै आफू कुनै पनि बेला कारवाहीको दायरामा आउने डरले चिन्तामा थिए । छापा हानेको घन्टौं भइसक्दा पनि कुनै पनि निकायले उक्त घटनाको जानकारी बाहिर नल्याउनु रहश्यमय देखिएको छ । यस बारेमा हाम्रो खोजी जारी छ ।
समाज
थप सामाग्री-
पहिराेले कालीगण्डकी करिडोर अवरुद्ध
-
विपद्को घडिमा सबैको सहकार्यबाट खानेपानीको सङकट पार गर्न सकिने छ : मन्त्री यादव
-
ब्लु डायमन्डको पारदर्शिता तथा जबाफदेहीताका लागि स्वतन्त्र छानबिन गर्न सिडिओ कार्यालयमा उजुरी
-
आज असार २४ गते मंगलबारको राशीफल : गणेश भगवानले रक्षा गरुन
-
आज असार २३ गते सोमबारको राशिफल : पाथिभरा माताले रक्षा गरुन

सन्ध्याले भनिन्,“ लिंग परिवर्तन गरेपछि डिप्रेशनमा गएँ”
३ दिन अगाडि
2.2kViews 235 Shares Share on Facebook Share on Twitter काठमाडौं — लिंग परिवर्तनका नाममा व्यक्तिको जीवनमै संकट ल्याउने गरी ब्लु…