

सेनाको चुस्तामा ठूलो चलखेल
काठमाडौ फागुन ५ । नेपाली सेनाले खरिद गरेको क्यामाेफ्ल्याग चुस्ताकाे कपडामा ठूलो चलखेल भएको समाचार प्राप्त भएको छ। सेनाले आफ्ना कर्मचारीका लागि पाँच लाख मिटर चुस्ता कपडाको टेण्डर आव्हान गरेको थियो । उक्त टेण्डरमा साे चुस्ताकाे कपडा नेपालमा नै उत्पादन गर्ने भनी स्वदेशी सहुलियतमा जयसलिना र एडी सप्लायर्सले जेभिमा उक्त ठेक्का प्राप्त गरेका थिए। स्वदेशी उत्पादनलाई सरकारले १५ प्रतिशत सहुलियत दिने नियम बनाएको छ र साेही बमोजिम यी कम्पनीले ठेक्का प्राप्त गरेका थिए। झण्डै बीस करोड बराबरको उक्त ठेक्काको सामान सेनाले दिएको समयावधि भित्र उनीहरूले बुझाउन सकेनन् । यही फागुन १७ गते भित्र सामान बझाई सक्नुपर्ने सम्झौतामा उल्लेख छ।
ताेकिएकाे समयावधि भित्र सामान केवल ३५ हजार मिटर कपडा मात्रै बुझाएको छ जबकि पाँच लाख मिटर बुझाउनपर्ने छ । अहिले ठेक्का पाउने यो जेभिले नेपालमा उत्पादन गर्न नसक्ने भन्दै सेनालाई उक्त कपडा बाहिर बिदेशबाट ल्याउन पाउं भन्दै निवेदन दिएको छ । ठेक्का पाउदा स्वदेशमा उत्पादन गर्ने भनी सहुलियतमा लिने र पाई सकेपछि बिदेशबाट ल्याउन पाउ भनी निवेदन दिएपछि सैनिक मुख्यालय यो ठेक्का सम्झौता रद्द गर्ने वा ठेक्का पाउने कम्पनीलाई ठूलो रकम जरिवाना लगाई कम्पनीलाई कालो सुचिमा राख्ने भन्ने साेचमा रहेको समेत थाहा भएको छ ।
समाज
थप सामाग्री-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
-
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
-
आज बैशाख १८ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
-
झापामा जंगली जनावरको आतंक : हात्ती र चितुवाका कारण बस्ती त्रसित
-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
१९ घण्टा अगाडि
3.7kViews 203 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला दिनहरूमा ट्राफिक प्रहरीले सञ्चालन गरेको कडा…



