

देश खरानी बनाउनेलाई सुशीला सरकारको संरक्षण, आसन्न निर्वाचनमा जनता निर्णायक
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालतसहित सयौं सरकारी कार्यालय जलाइयो । ती कार्यालय खरानी बनेको छ । सर्वोच्चले अदालतमा आगजनी गर्नेविरुद्ध प्रहरीमा जाहेरी दियो । यता, अन्य सरकारी निकायले पनि जाहेरी दिने तयारी गरिरहेको थियो ।
प्रहरीले प्रदर्शनको नाममा अराजक गतिविधिमा संलग्नहरुलाई समात्न भिडियो, फोटो प्रमाण संकलन गरिरहेको थियो । ४१ हजार बढी भिडियो संकलन गरिसकिएको थियो । त्यसैले ५९१ जना पक्राउ परिसकेका थिए । प्रदर्शनमा प्रहरीमाथि आक्रमण भएको छ । तीन जना प्रहरी अधिकृतलाई कुटेर मारियो ।
नेपालीहरुको मुटु सिंहदरबार जलाएर फोटो खिचियो । देशमा सुशासनका लागि बनेको सुशीला कार्की नेतृत्वको सरकारले पक्राउ परेका सबैलाई छोडिदियो । अन्यलाई पनि पक्राउ नगर्ने भनि क्याबिनेटबाट निर्णय गरियो । दुई दिने आन्दोलनमा सार्वजनिक सम्पत्तिमा ८४ अर्ब ७७ करोड ४५ लाख रुपैयाँबराबरको क्षति भएको छ ।
यो जनताले तिरेको करबाट निर्माण भएको संरचना हो । यी संरचना निर्माण गर्न त्यति नै खर्च लाग्छ । त्यो पैसा कहाँबाट ल्याउने ? देशको अर्थतन्त्र डामाडोल छ । त्यसैले यी संरचनालाई पुरानै रुपमा फर्काउन धेरै गाह्रो छ । अर्कोतिर, निजी सम्पत्तिमा पनि ठूलो क्षति भएको छ ।
व्यवसायीहरुले आफ्नो दुःखपसिनाको कमाइ र ऋण ल्याएर व्यवसाय खडा गरेका थिए । त्यहाँ अब खरानीको अवशेष मात्र बाँकी छ । आक्रोश पोख्ने नाममा सरकारी सम्पत्ति जलाउने, निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्नेलाई सुशीला सरकारले छोडिदिएको छ ।
अपराधीहरुलाई धमाधम छोडेपछि जनताले कसरी यहाँ सुरक्षित महसुश गर्न सक्छन् ? निजी क्षेत्रले कसरी लगानी गर्छन् ? विदेशीहरु के देखेर नेपाल आउने ? भोलि पनि आन्दोलनको नाममा यिनै गतिविधि हुँदैन भन्ने के ग्यारेण्टी ? सरकार जोगाउनका लागि अपराधीहरुलाई छोडिराख्ने हो भने देश उमो लाग्छ ?
सुशासन कायम हुन्छ ? सुशीलालाई प्रधानमन्त्री बनाउन रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहले समर्थन जनाएका थिए । वर्तमान गृहमन्त्री त बालेनले महानगरमा नियुक्त गरेको कानुनी सल्लाहकार हो । बालेन र रविकै योजनामा २८ वर्षभन्दा मूनिका उमेर समूहलाई भदौ २३ र २४ गते सडकमा ओरालिएको थियो ।
देशलाई खरानी बनाउने बालेन र रवि हो । दुईले सुनियोजित रुपमा देश ध्वस्त पारेका हुन् । मुलुकको सम्पत्ति खरानी बनाउन उक्साउने, पर्दापछाडि बसेर प्लानिङ गर्नेहरु अहिले देश बनाउँछौं भन्दै हिँडेका छन् । गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले कारबाही गर्नुपर्ने भनि सिफारिस गरेको व्यक्तिहरु पनि चुनावी मैदान छन् ।
अपराधीहरु राजनीतिमा आउँदा कोही भने बोलेकै आधारमा समातिरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बोल्ने वा सामाजिक सञ्जालमा लेख्नेबित्तिकै सरकारले पक्राउ गर्छ । बिनाकारण प्रहरी हिरासतमा राख्छ । उता, सरकारी सम्पत्ति खरानी बनाउनेलाई चाँहि सरकारले छोड्छ ? सुशीला सरकारको यो कस्तो खालको सुशासन हो ?
फागुन २१ गतेपछि सुशीला कार्कीको सरकार हट्छ । जनताबाट चुनिएर आएका नेताहरुले सत्ता सम्हाल्छन् । चुनाव जित्नका लागि अहिले रवि, बालेन र रास्वपाले हरकोसिश गरिरहेको छ । किन कि, यिनीहरुलाई यो राम्ररी थाहा छ कि अरु राजनीतिक दलको सरकार बन्यो भने यिनीहरुको बास जेलमा हुन्छ ।
देश जलाउने हो को ? अहिले आएर प्रष्ट भएको छ । पहिले जेनजी–जेनजी भनियो । तर, जेनजी त रहेनछन् । उनीहरु भएको भए, चुनावमा आउँथे होला । सुधन गुरुङले आफूलाई जेनजीको लिडर भन्थें । अहिले उनी रास्वपाबाट चुनावमा उठेका छन् । आन्दोलन जेनजीले गरेको रहेछ कि रवि र बालेनले ? बुझ्नलाई यही उदाहरण काफी छ ।
भदौ २४ गते सुशीला कार्की आफैं सडकमा आएकी छिन् । उनले आन्दोलनलाई झन् उग्र बनाएकी थिइन् । फागुन २१ पछि राजनीतिक दलको सरकार बन्यो भने कार्की जेल जान्छिन् । रास्वपा पहिलेभन्दा धेरै कमजोर भइसकेको छ । जनताले यिनकै योजनामा देश खरानी भयो भन्ने कुरा बुझिसकेका छन् ।
भनिन्छ नि,‘अपराध गर्नेहरु ढिलो भएपनि कानुनको फन्दामा परिहाल्छन् ।’ प्रहरीले अपराध गर्नेलाई ३६ वर्षपछि समातेको घटना पनि छ । सुशीला हुञ्जेल देश जलाउनेहरु बच्छन् । त्यसपछि समातिन्छन् । कि त पहिलो पार्टी बनेर आफ्नो एकल सरकार बनाउनुपर्यो । रास्वपाको कुनैपनि हालतमा पहिलो पार्टी बन्दैन ।
कि काँग्रेस हुन्छ कि नेकपा । राजनीतिक दलले देश खरानी बनाउनेलाई छोड्छन् ? यिनीहरु जसरी पनि कानुनको कठघरामा पुग्छन् । सुशीला विगतदेखि नै रविको पक्षधर हुन् । रविले सहकारी ठगेको विषयलाई उनले राजनीतिक प्रतिशोध भन्दै आएकी थिइन् । पछि बालेनलाई भाइ र सुधनलाई जेठो छोरा बनाइन् ।
सुशीला आएपछि जेलमा भएको रवि निस्किए । रवि छुटाउनमा कसको कति भूमिका छ ? यो भनिरहनपर्ने आवश्यकता छैन । जनता आफैं बुझ्छन् । सर्वसाधारण भन्छन्,‘सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी सम्पत्ति जलाउने जोसुकै भएपनि कारबाही हुनुपर्छ ।’ अहिलेको सरकारले छोडेपनि निर्णायक भनेको जनता हुन् ।
जनताले चाहे भने देश खरानी बनाउनेलाई सजाय दिन सक्छन् । देश जलाउनेहरुलाई मतदान नगर्नु नै उनीहरुले सजाय पाउनु हो । त्यसैले जनताले सोचविचार गरेर मात्र मतदान गरौं । देश जलाउनेहरुलाई सदनमा पुर्याइयो भने देशको झनै दुर्गति हुन्छ । देशमा लगानीको वातावरण बन्दैन ।
लगानी नै नभएपछि कर उठ्दैन । कर बिना देश विकास असम्भव छ । रोजगारी पाइँदैन । रवि भदौ २४ गते जेलबाट भागेपछि अन्य कैदीबन्दी पनि भागे । तीमध्ये कतिपय आफैं कारागार फर्किए । अन्यलाई प्रहरीले पक्राउ गरिरहेको छ । सरकारी सम्पत्ति जलाउनेहरु बाहिरै हुँदा तिनलाई चाँहि किन समात्नुपर्यो ?
छोडिदिए भइहाल्यो नि । कुनैलाई कानुन लाग्ने, कुनैलाई कानुन नलाग्ने, यो कहाँको नीति हो ? ‘ठूलालाई चैन, सानालाई ऐन’ अहिले चरितार्थ भइरहेको छ । आफ्नालाई सुशिलाले बचाइहालिन् । अरु जेल गए । बंगलादेशमा भर्खरै चुनाव भयो । त्यहाँका जनताले देश जलाउनेलाई ठीक ठाउँ देखाइदिए ।
जेनजी भनाउँदाहरु ६ सीटमा सीमित भएका छन् । नेपालमा पनि जनता सचेत भ एभने देश जलाउनेहरु सही ठाउँमा पुग्छन् । यो देश झण्डै तीन करोड जनताको हो । सुशीला अहिले देशको प्रधानमन्त्री हो । तर, उनी देशको प्रधानमन्त्री हुन सकिनन् । बस् बालेन, रवि, सुधन र देश जलाउनेहरुको प्रधानमन्त्री भइन् ।
सुशीलाको देखाउने र चपाउने दाँत छुट्टाछुट्टै रहेछिन् । सुशासनको सरकारमा बसेर उनले कुशासनको नमूना स्थापित गरिन् । न भ्रष्टाचारीलाई कारबाही भयो न देशमा सुशासन नै कायम भयो । उनी प्रधानमन्त्री बनेपछि अपराधीहरुको मनोबल झनै बढ्यो । देशमा अपराध बढ्यो ।
यहाँ जोपनि सत्तामा नपुग्दासम्म मात्र ठूला कुरा गर्ने हुन् । सत्तामा पुगेपछि सबै उस्तै हुन् भन्ने नमूना सुशीला कार्की पनि हुन् ।अनुसा थापा
समाज
थप सामाग्री
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
१४ घण्टा अगाडि
1.6kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५०…



