ठेचोमा खोला र सार्वजनिक जग्गा दोहोन गरी प्लटिङ हुँदै, सम्बन्धित निकायलाई पत्तै छैन

ललितपुर  मंसिर  १२ ।   भूमाफियाहरुले बाटो चौडा पार्ने भनी स्वीकृति लिई जथाभावी डोजर चलाई सार्वजनिक जग्गाको दोहोन गरेको पाइएको छ ।
गोदावरी नगरपालिका वडा नं. १२ र १३ को सिमानामा भूमाफियाहरुले दुबै वडा छुने गोरेटो बाटोलाई मोटर बाटो बनाउने भन्दै स्वीकृति लिए पनि जगाभावी डोचर चलाई जग्गा सम्याउने काम गरेका छन् ।
गोदावरी नगरपालिका वडा नं. १२ को बसीगलमा झण्डै ८ अना सार्वजनिक जग्गामा रहेको रुख कटान गर्नुका साथै जगाभावी डोजर चलाई सो सार्वजनिक जग्गासमेत भूमाफियाहरुले आफ्नो जग्गामा मिलाई प्लटिङ गरेको पाइएको छ ।
सार्वजनिक जग्गा होस् वा आफ्नै जग्गामा रहेको रुख कटान गर्न बन कार्यालयसँग समन्वय गरी टाचा लगाईएको अवस्थामा मात्र रुख कटान गर्न पाइने कानुनी प्रावधान भए पनि भूमाफियाहरुले आफ्नो जग्गा सम्याउने उद्देश्यले बनसँग स्वीकृति नै नलिई जथाभावी रुख कटान गरी खोला नै पुरिदिएका छन् ।
खोलाको मापदण्ड अनुसार पर्खाल लगाउनुपर्ने भए पनि भूमाफियाहरुले खोलामा नै एउटा सानो ह्युम पाइप राखी खोला नै पुरिदिएका छन् । जुन खोला वर्षायाममा चापागाउँदेखिको पानी सो खोलामा आउने गर्छ । यस्तो अवस्थामा त्यहाँ नजिक रहेको खेतीयोग्य जमिनदेखि लिएर स—साना टहराहरु डुबानमा पर्ने निश्चित नै छ ।
यस विषयमा गोदावरी नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष जगत बहादुर महर्जनसँग बुझ्दा अध्यक्षले भने ‘हामीसँग वडा नं. १२ र १३ को सिमानामा पर्ने गोरेटो बाटोलाई कच्ची मोटर बाटो बनाउने भनी स्वीकृति लिएका हुन्, मैल हेर्न पाएको छैन, म चाँडै नै गएर हेरेर मात्र तपाईंलाई भन्न सक्छु’ भन्ने जवाफ दिए । सोझो र इमान्दार वडा अध्यक्षको पहिचान बनाएकै कारण दोस्रो कार्यकालमा पनि अध्यक्षमा निर्वाचित हुन सफल बनेका गोदावरी नगरपालिका वडा नं. १२ का वडाअध्यक्षलाई आँखामा झारो हाल्ने काम भूमाफियाहरुले गरेको स्पष्ट रुपमा देख्न सकिन्छ ।
हेरौ भूमाफियाहरुले स्वीकृति लिने बेलामा एउटा र गर्ने बेलामा अर्को गरेको अवस्थामा इमान्दार, सोझा र निडर स्वभावका वडाअध्यक्षले कारबाहीको दायरामा ल्याउँछन् कि उनीहरुलाई प्रोत्साहन गर्ने काम गर्छन् ? त्यो भने हेर्न बाँकी छ ।  पहिले को भिडियो  हेर्नुहोस 

Facebook Comments Box
TOP
Shares