

महाशिवरात्रिको व्यापक तयारी
काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बिहान राष्ट्रपति निवासमा महाशिवरात्रि पर्वको सङ्कल्प पूजा गर्नुभयो । पर्व मनाउन आएका साधुसन्तलाई राज्यका तर्फबाट प्रदान हुने घन्ट, चमर, राडी, बख्खु, सीदा, त्रिशूल, कमान्डलु, पीताम्बर, जटायुक्त नरिवल, रामनामीलगायतका सामग्री राष्ट्रपतिबाट सङ्कल्प भएको छ ।
पशुपति गुठी गोश्वारा कार्यालय प्रमुख सुशीला शर्माको अगुवाइमा अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलले परम्पराअनुसार सङ्कल्प सामग्री खर्पनमा राखेर राष्ट्रपति निवास पुग्नुभएको थियो । सङ्कल्प पूजापछि गोश्वारा प्रमुख कर्मचारीलाई पुरोहितले टीका लगाएर राष्ट्रपतिबाट उहाँहरूलाई दक्षिणा प्रदान गर्नुभयो ।राष्ट्रपतिबाट सङ्कल्प पूूजा भएपछि त्रिदिवसीय महाशिवरात्रि पर्व सुरु भएको छ । यो सुरुवातसँगै पशुपतिमा आएका साधुसन्तले बिहान शोभायात्रा गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको अगुवाइमा शोभायात्रा भएको थियो । शोभायात्रालगत्तै पशुपति क्षेत्र विकास कोषले एक पत्रकार सम्मेलन आयोजना गरेर महाशिवरात्रि पर्वको पूर्वतयारी कार्य सकिएको जानकारी दिएको छ ।यो समाचार गोरखापत्र दैनिकमा छ ।
समाज
थप सामाग्री-
गृहमन्त्री गुरुङमाथि छानबिनको माग: कांग्रेसको चेतावनी—‘ढाकछोप भए जनविश्वासमा गम्भीर आघात’
-
प्रहरी विधेयक पुनरावलोकनमा : प्रजिअ–प्रहरी अधिकार बाँडफाँटमा चर्को विवाद
-
“फेसबुक स्पष्टीकरणप्रति राप्रपा सांसद खुश्बु ओलीको आपत्ति: गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन आग्रह”
-
आज अक्षय तृतीया : धार्मिक विश्वास, दान र शुभकार्यको विशेष दिन
-
सुशासनको नारा र हित–द्वन्द्वको गम्भीर प्रश्न
सुरक्षा अभियान र घरभाडा प्रणालीमा प्रहरी सहकार्यको आवश्यकता
१३ घण्टा अगाडि
2.2kViews 303 Shares Share on Facebook Share on Twitter काठमाडौं उपत्यकामा हालै अघि सारिएको सुरक्षा अभियानले शान्ति–सुरक्षाको सुदृढीकरणमा नयाँ सम्भावना…



