पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ भने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ। नयाँ मूल्य समायोजन आजदेखि लागू भएको छ।

निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाएको हो। नयाँ दरअनुसार पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

तर हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि भएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौँका लागि) प्रति किलोलिटर अमेरिकी डलर ४६ ले बढाइएको छ।

त्यसैगरी एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएको छ। समायोजनपछि खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १६० रुपैयाँ पुगेको छ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्यको उतारचढावका आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।

Facebook Comments Box
TOP
227 Shares