

दीप मङ्ग्राती निरीहको लघुकथा संग्रह ‘छोइछिटो’ सार्वजनिक
मोरङ फागुन २३ । लघुकथाकार दीप मङ्ग्राती निरीहको लघुकथा संग्रह ‘छोइछिटो’ को सार्वजनिक गरिएको छ। लेखक मङग्रातीले स्वर्गीय आफ्नी आमाको पाँचौ वार्षिक स्मृति दिवसको अवसर पारेर लघुकथा संग्रह सार्वजनिकरण गरेका हुन्।
बेलवारी साहित्य विकास समिति बेलवारीका लागि केवलकुमारी मङ्ग्राती प्रकाशक रहेको लघुकथा संग्रह सार्वजनिकीकरण कार्यक्रम बेलवारी साहित्य विकास समिति बेलवारीका अध्यक्ष लिला लेकालीको अध्यक्षता तथा कवि अनिल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
साहित्यकार इरान राईले सार्वजनिक गरिएको कृतिको टिप्पणी गरेका थिए। कार्यक्रममा लेखक मङ्ग्रातीले आमाको स्मृतिमा लघुकथा संग्रह प्रकाशित गरेको संग्रह छोइछिटो विषयमा जानकारी गराएका थिए। संग्रहमा ५१ लघुकथा सङ्गृहीत छन्।
कार्यक्रममा सहभागी साहित्यकारहरूले आआफ्ना सिर्जना वाचेका थिए। कार्यक्रममा अग्रज पत्रकार तथा साहित्यकार कृष्णविनोद लम्साल, साहित्यकार विधान आचार्य, कृष्ण प्रधान, बेलबारी नगरपालिका ४ का वडा सदस्य चन्द्रकुमार मङ्ग्राती लगायतका साहित्यकारहरूको सहभागिता थियो।
समाज
थप सामाग्री
न्यूरोडको शिव फुड्सलाई ५० हजार जरिवाना, खाद्य वस्तुमा किराको भेट
१४ घण्टा अगाडि
1.6kViews 483 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडस्थित ‘श्री शिव फुड्स प्रा.लि.’ लाई ५०…



