१४ दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ ।
उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ घर भई हाल ललितपुरको ढोलाहिटी बस्दै आएका राई हराएको १४ दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो ।
उनका दाई सलिनले खोजीका लागि मंसिर २३ गते नै जिल्ला प्रहरी परिसर ललितपुरमा आग्रह गरिएकामा हालसम्म पत्ता नलागेपछि कसैले देखेमा नजिकको प्रहरीलाई खबर गरिदिन वा आफूलाई सम्पर्कका लागि आग्रह गरेका छन् । “मेरो भाई पहिलो पटक यसरी सम्पर्कविहीन भएको हो । ऊ बा प्र ०२ ०५५ प ४७५९ नं को स्कूटरसहित कसैलाई नभनी आफूखुसी हिँडेकामा हालसम्म भेटाउन सकेका छैनौँ”, राईले भने,“हामीले आफ्नो स्रोतबाट सबै ठाउँ खोजी गरिरहेका छौँ, कसैले देख्नु वा भेट्नुभएमा नजिकको प्रहरी वा मेरो मोबाइल नम्बर ९७६२४२९८९९ मा सम्पर्क गरिदिन सबैलाई आग्रह छ ।”रासस
समाज
थप सामाग्री-
आज पौष ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवाको ‘इभेन्ट’ पर्दाफास : भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, करोडौँको सेटिङ र उच्च तहको चलखेलको आशंका
-
कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
-
तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित
-
आज पौष ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
२ दिन अगाडि
3.6kViews 121 Shares Share on Facebook Share on Twitter चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको…



