तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित
काठमाण्डौ – बाक्लो हुस्सु र कुहिरोका कारण तराई/मधेसको जनजीवन प्रभावित बन्न थालेको छ । हुस्सु र कुहिरोका कारण चिसो बढेको छ । नागरिकलाई बिहान/बेलुका घरबाहिर निस्कन समस्या छ । बजार तथा सडक सुनसान बन्न थालेका छन् ।
बाक्लो हुस्सुका कारण कतिपय उडान/अवतरण पनि प्रभावित बन्दै आएका छन् । पुसलागेयता चिसो बढेको छ । घाम नलाग्ने र दिनभर चिसो हावा चल्ने क्रम बढेपछि दैनिकी नै प्रभावित बन्न थालेको हो । आज पनि तराईका क्षेत्रमा तापक्रम घट्ने तथा हुस्सु लाग्ने सम्भावना छ ।
यसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी र हिमाली भागमा आंशिक बदली रही तराई भागमा हुस्सु लागेको छ । बाँकेमा अस्ति बिहानदेखि लागेको बाक्लो कुहिरो र हुस्सुसँगै चिसो बढ्दै गएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो । बालबालिका, ज्येष्ठ नागरिक र विपन्न वर्गमा रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या पनि बढेको छ ।
यसैबीच कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा आज र भोलि बिदा दिने निर्णय गरिएको हो ।
सप्तरीको सुरुङगा नगरपालिकाले ५० जना र खडक नगरपालिकाले १ सय ५० जना अशक्तलाई कम्बल वितरण गरेको छ । त्यसैगरी रौतहटको गौर नगरपालिकाले जाडो बढेसँगै चोक–चोकमा आगो बाल्नका लागि डिभिजन वन कार्यालयसँग दाउरा माग गरेको छ ।
यस्तै काठमाण्डौमा पनि हिजोभन्दा आज चिसो बढेको छ । आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौमा हिजो बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहेको थियो ।
समाज
थप सामाग्री-
आज पौष ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवाको ‘इभेन्ट’ पर्दाफास : भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, करोडौँको सेटिङ र उच्च तहको चलखेलको आशंका
-
कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
-
तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित
-
आज पौष ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
२ दिन अगाडि
3.4kViews 121 Shares Share on Facebook Share on Twitter चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको…



