प्रहरी संगठन प्रमुख मञ्चद्वारा आईजीपी कार्कीलाई बधाई तथा शुभकामना
काठमाडौँ । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चको आयोजनामा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ।
कार्यक्रम नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतीलाल बोहराको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो अवसरमा विभिन्न कालखण्डमा नेपाल प्रहरीको नेतृत्व सम्हालिसकेका अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूले नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी पूर्व प्रहरी महानिरीक्षकहरूले नेपाल प्रहरीको संस्थागत विकास, व्यावसायिकता, अनुशासन र जनविश्वास अभिवृद्धिमा वर्तमान नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले संगठनभित्र सुधार, सुशासन र सेवामूलक प्रहरी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा पनि राखेका थिए।
बधाई तथा शुभकामना ग्रहण गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पूर्व नेतृत्वको अनुभव, योगदान र मार्गदर्शन नेपाल प्रहरीका लागि अमूल्य रहेको उल्लेख गरे। उनले संस्थागत हित, कानूनको शासन र नागरिकमैत्री प्रहरी सेवा आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
समाज
थप सामाग्री-
आज पौष ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवाको ‘इभेन्ट’ पर्दाफास : भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, करोडौँको सेटिङ र उच्च तहको चलखेलको आशंका
-
कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
-
तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित
-
आज पौष ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
२ दिन अगाडि
3.4kViews 121 Shares Share on Facebook Share on Twitter चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको…



