कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
जुम्ला। कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ ।
पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले परम्परा बचाउनकै लागि भैली खेल्न सुरु गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी शेरबहादुर रावतले जानकारी दिए । पुस महिनाको प्रतिपदाका दिनदेखि खेलिने ठुली भैली जुम्लासहित कर्णालीका पाँचै जिल्लामा खेलिन्छ । पहिले मन मिल्ने बुढापाका, बालबालिका, युवायुवतीका समूह बनाएर चार पाँच दिन खेलिने सो भैलीको महत्त्व बिस्तारै घट्न थालेको तिला गाउँपालिका स्थानीयवासी हरिचन्द्र बुढाको भनाइ छ ।
कर्णालीको मौलिक पर्वलाई थप संरक्षण गर्न गाउँका बुढापाखा मिलेर अहिले ठुली भैली खेल्न थालेका छन् । भैलीमा सबै साथीसङ्गी मिली नयाँ पहिरनमा सजिएर आफन्तजनका घरघरमा गएर भैलो खेल्ने चलन रहेको तिला–१ का स्थानीयवासी कर्ण रावतले बताए ।१२३ औँ शताब्दीतिर जुम्लाका राजा बलिराजको पालादेखि सुरु भएको हिउँदे याममा खेलिने ठुली भैली खेल्ने चलन हराउँदै जान थालेकामा बुढापाका चिन्तित छन् । दशक अघिसम्म हिउँद महिनामा खेलिने भैलोलाई स्थानीयस्तरको महत्वपूर्ण पर्वका रूपमा मानिन्थ्यो ।खास गरी कर्णालीमा पुस महिनामा फुर्सद हुने, सबैले सबै काम सकाएर बसिरहेको बेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठुली भैलो खेल्ने चलन रही आएको छ । औँसीदेखि पञ्चमीसम्म ५ दिन खेलिने भएकाले यसलाई ठुली भैलो भनिन्छ ।रासस
समाज
थप सामाग्री-
आज पौष ०७ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवाको ‘इभेन्ट’ पर्दाफास : भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, करोडौँको सेटिङ र उच्च तहको चलखेलको आशंका
-
कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली सुरु
-
तराईमा बाक्लो हुस्सु र कुहिरो : जनजीवन प्रभावित
-
आज पौष ०६ गते आइतबार,यस्तो छ तपाईको राशिफल
राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल
२ दिन अगाडि
3.4kViews 121 Shares Share on Facebook Share on Twitter चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको…



