शोभा पाठक आमरण अनसनमा, महेश बस्नेत विरुद्ध कारबाहीको माग

काठमाडौँ । शोभा पाठक ले महेश बस्नेत विरुद्ध कानुनी कारबाहीको माग गर्दै आमरण अनसन सुरु गरेकी छन्।

१० बुँदे माग अघि सार्दै पाठकले सरकारले तत्काल बस्नेतमाथि छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने जिकिर गरेकी हुन्। आफू बस्नेतबाट पीडित भएको दाबी गर्दै उनले न्यायका लागि बाध्य भएर अनसन बस्नुपरेको बताएकी छन्।

यता, बस्नेतले भने आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्। घटनाले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ भने यस विषयमा सरकारी धारणा र आगामी कदमप्रति चासो बढ्दो छ।

Facebook Comments Box
TOP
322 Shares