

आज देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा र हावाहुरीको चेतावनी
काठमाडौं । मौसम पुर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। यसका कारण अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका अधिकांश हिमाली र पहाडी भूभागमा बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जनाइएको छ। कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा राति पनि एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले सम्भावित वर्षा, हिमपात, चट्याङ्ग र हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन्।
समाज
थप सामाग्री-
सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनमा जोड : एसपी बस्नेतको विशेष निर्देशन
-
एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण, सेवामा पारदर्शिता र त्रुटिरहित अनुसन्धानमा जोड
-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
१७ घण्टा अगाडि
1.8kViews 427 Shares Share on Facebook Share on Twitter मेष आफन्त तथा नजिकका व्यक्तिहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजिक सम्बन्ध…



