टाटा मोटर्सको सबै गाडी महँगिने, जुलाई १ देखि मूल्य वृद्धि लागू हुने घोषणा

काठमाडौं । भारतको दोस्रो ठूलो कार निर्माता कम्पनी टाटा मोटर्स प्यासेन्जर भेहिकलले आफ्ना सवारीसाधनको मूल्य बढाउने घोषणा गरेको छ।

कम्पनीले आउँदो जुलाई १ देखि सबै प्रकारका सवारीसाधन—पेट्रोल, डिजेल, सीएनजी र इलेक्ट्रिक गाडी (ईभी)—मा लागू हुने गरी मूल्य वृद्धि गर्ने जनाएको हो।

टाटा मोटर्सका अनुसार कारको मूल्य अधिकतम १.५ प्रतिशतसम्म बढ्नेछ। बढ्दो उत्पादन लागत र मुद्रास्फीतिको दबाबका कारण मूल्य समायोजन गर्नुपरेको कम्पनीको भनाइ छ।

कम्पनीले केही लागत आफैंले वहन गरे पनि बाँकी भार ग्राहकमा हस्तान्तरण गर्नुपर्ने अवस्था आएको स्पष्ट पारेको छ।

यद्यपि, कुन मोडेलमा कति मूल्य बढ्ने भन्ने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। सबै मोडेल र भेरियन्टअनुसार छुट्टाछुट्टै रूपमा मूल्य वृद्धि लागू हुने कम्पनीले जनाएको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
१० घण्टा अगाडि

1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
231 Shares