गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले युट्युब, फेसबुक र टिकटकका केही अकाउन्टमार्फत आधारहीन, भ्रामक तथा षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गरेकी छन्। दाहालले यस्ता सामग्रीले आफ्नो चरित्रहत्या गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेकी हुन्।

उनले सामाजिक सञ्जालको दुरुपयोग गर्दै फैलाइएका गलत सूचना र अफवाहप्रति सचेत रहन आग्रहसमेत गरेकी छन्।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
१२ घण्टा अगाडि

1.5kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
197 Shares