

आज जेठ २९ गते शुक्रबार,यस्तो छ तपाईको राशिफल
मेष- प्रेम सम्बन्धमा नयाँ सम्भावनाहरू खुल्ने समय रहेको छ । अप्रत्याशित प्रस्ताव वा सम्बन्धमा आउने नयाँ मोडले जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छ। वाणी र आकर्षणले सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
वृष- शिक्षा र बौद्धिक क्षेत्रमा उल्लेखनीय प्रगति हुने संकेत छ । अध्ययन तथा परीक्षामा संलग्नहरूले मेहनतअनुसारको सफलता प्राप्त गर्न सक्नेछन् । प्रेम सम्बन्धमा आत्मीयता र विश्वास बढ्दै जाँदा व्यक्तिगत जीवनमा स्थायित्व आउनेछ ।
मिथुन- वैदेशिक क्षेत्रसँग सम्बन्धित प्रयास र लगानीबाट सकारात्मक परिणाम मिल्ने सम्भावना छ । शैक्षिक अवसरहरू अनुकूल रहनेछन् । तर स्वास्थ्य प्रति लापरवाही गर्दा समस्या आउन सक्ने भएकाले नियमित जीवनशैली अपनाउनु आवश्यक देखिन्छ ।
कर्कट- आर्थिक कारोबारमा विशेष सतर्कता अपनाउनु पर्ने समय छ, ठगी वा भ्रममा पर्न सकिने जोखिम रहन्छ । निर्णय गर्दा सोच विचार आवश्यक छ । यद्यपि, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रियता बढ्दै प्रतिष्ठा प्राप्त गर्ने अवसर मिल्नेछ ।
सिंह- शिक्षा तथा वैदेशिक अवसरमा प्रगति हुने संकेत छ । आत्मविश्वास र नेतृत्व क्षमताले सफलता दिलाउनेछ । स्वास्थ्यमा सानोतिनो समस्या देखिन सक्ने भएकाले नियमितता र सावधानी आवश्यक छ ।
कन्या- दिन सामान्य रहने भएपनि अध्ययन र ज्ञानार्जनले व्यक्तित्व विकासमा सहयोग पुर्याउनेछ । व्यवसायिक क्षेत्रमा सन्तोषजनक लाभ मिल्नेछ । प्रेम सम्बन्धमा अपेक्षाअनुसार परिणाम नआउँदा भावनात्मक असन्तुलन देखिन सक्छ, संयमता आवश्यक छ ।
तुला- बौद्धिक तथा अध्ययनात्मक क्षेत्रमा आकर्षण बढ्नेछ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रतिस्पर्धा तीव्र बन्ने भएकाले विचार अभिव्यक्त गर्दा सजग रहनु आवश्यक छ । सन्तुलित व्यवहारले सफलता दिलाउनेछ ।
वृश्चिक- कार्य सम्पादनमा सावधानी अपनाउनु पर्ने समय छ, अन्यथा अरूको प्रभावमा पर्न सकिने सम्भावना रहन्छ । व्यापार र वैदेशिक सम्पर्कबाट लाभ मिल्ने संकेत छ । आत्मनिर्भर निर्णय क्षमताले सफलता दिलाउनेछ ।
धनु- धैर्य र संयम आवश्यक रहेको दिन छ । हतारमा गरिएका निर्णयले अपेक्षित परिणाम नदिन सक्छन् । ठूला योजनामा अवरोध आउन सक्ने भएकाले रणनीति परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ । विवादबाट टाढा रहनु हितकर हुनेछ ।
मकर- व्यवसाय, लगानी र सम्पत्तिसम्बन्धी कार्यमा सफलता मिल्ने संकेत छ । जग्गा जमिन वा दीर्घकालीन लगानीबाट लाभ प्राप्त हुन सक्छ । आर्थिक अवस्था सुदृढ हुँदै जानेछ ।
कुम्भ- पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । आफन्तसँग समय बिताउने अवसर मिल्नेछ । वैदेशिक वा प्रवाससँग सम्बन्धित कार्यमा उल्लेखनीय सफलता प्राप्त हुन सक्छ । सामाजिक सम्बन्ध विस्तार हुनेछ ।
मीन- प्रतिष्ठा र प्रभावमा केही कमी आउने संकेत रहेकाले महत्वपूर्ण निर्णयमा हतार नगर्नु उपयुक्त हुनेछ । प्रतिस्पर्धा र विवादमा चुनौती आउन सक्छ । संयमता र विवेकले परिस्थितिलाई सकारात्मक दिशातर्फ लैजान मद्दत गर्नेछ।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



