

नक्कली भुटानी शरणार्थी प्रकरण: उच्च राजनीतिक व्यक्तिहरूलाई बयानमा झिकाउन अदालतमा निवेदन दर्ता
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित मुद्दामा केही उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूलाई बयानका लागि झिकाउन माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दर्ता गरिएको छ।
अदालतले कार्यालय समय सकिनै लाग्दा उक्त निवेदन दर्ता गरेको हो।
सुनुवाइका क्रममा जाहेरीकर्तातर्फका कानुन व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा, नैनकला थापा, पूर्वमेयर विद्यासुन्दर शाक्य, अजयक्रान्ति शाक्य, कांग्रेस नेतृ आरजु राणा देउवा तथा मञ्जु खाणलगायतलाई पक्राउ गरी बयान लिन माग गरेका थिए।
उक्त मागप्रति प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले आपत्ति जनाएपछि अदालतमा केहीबेर तनावको अवस्था सिर्जना भएको बताइएको छ।
पछि जाहेरीकर्ताको तर्फबाट अधिवक्ता रामकुमार रेग्मीले लिखित निवेदन दर्ता गरेका थिए। निवेदनमा उल्लेखित व्यक्तिहरूले रकम लिएको पर्याप्त प्रमाण अदालतमा पेश भइसकेको दाबी गरिएको छ।
साथै, उनीहरूलाई अदालतमा झिकाएर बकपत्र गराउन र प्रतिवादीहरूको सम्पत्ति रोक्का गर्नसमेत माग गरिएको छ।
सुरुमा न्यायाधीशले निवेदन दर्ता गर्न अनिच्छा देखाए पनि कार्यालय समय सकिनै लाग्दा औपचारिक रूपमा दर्ता गरिएको जनाइएको छ।
जाहेरीकर्ताका कानुन व्यवसायी स्वागत नेपालका अनुसार उक्त निवेदनमाथि शुक्रबार अदालतमा बहस हुने भएको छ। मुद्दामा नयाँ नामहरू थपिँदै गएपछि यसले राजनीतिक र कानुनी वृत्तमा थप चासो बढाएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





