

व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, विशेष अदालतमा अभियोग दायर
काठमाडौं । व्यवसायी दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा विशेष अदालतमा अभियोग दायर गरिएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको विस्तृत अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
विभागले चैत १९ गते भट्टलाई पक्राउ गरेपछि उनको ललितपुर महानगरपालिका–२ सानेपास्थित निवास तथा उनको स्वामित्वसँग जोडिएको इन्फिनिटी होल्डिङको कार्यालयमा छापा मारेको थियो। त्यसपछि वैशाख १ र २ गते पुनः खानतलासी सञ्चालन गरी विभिन्न नगद तथा वित्तीय प्रमाणहरू बरामद गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
अभियोगपत्रअनुसार सानेपास्थित घर र कम्पनीको कार्यालयबाट २ हजार अमेरिकी डलर, ३० हजार थाई भाट तथा १४ लाख ९३ हजार रुपैयाँ नेपाली नगद बरामद गरिएको थियो। विभागले तयार पारेको खानतलासी तथा बरामदी मुचुल्का विशेष सरकारी वकिल कार्यालयमार्फत विशेष अदालतमा पेस गरिएको छ।
अनुसन्धानका क्रममा भट्टको घरबाट केही सवारी साधनसमेत नियन्त्रणमा लिइएको जनाइएको छ। विभागका अनुसन्धान अधिकृतहरूले ती सवारी साधनको स्रोत र स्वामित्वबारे समेत विस्तृत अध्ययन गरेका थिए।
अनुसन्धान प्रतिवेदनमा भट्ट तथा अर्का व्यवसायी सुलभ अग्रवालविरुद्ध यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्थ मन्त्रालयमा विभिन्न उजुरीहरू परेको विवरण पनि समावेश गरिएको छ। ती उजुरीहरूलाई समेत आधार बनाएर विभागले आर्थिक गतिविधि, लगानी र सम्पत्तिको स्रोतबारे गहन छानबिन गरेको थियो।
विभागले करिब दुई महिनासम्मको अनुसन्धानपछि बुझाएको प्रतिवेदनमा भट्टले गैरकानुनी रूपमा आर्जन गरेको आशंकित सम्पत्तिबारे विभिन्न तथ्य तथा प्रमाणहरू संकलन गरिएको उल्लेख छ। अनुसन्धानबाट भट्ट र उनका साझेदारहरू मिलेर हिमालयन रि–इन्स्योरेन्ससहित पाँचवटा बीमा कम्पनीबाट रकम अपचलन गरेको प्रारम्भिक निष्कर्ष निकालिएको जनाइएको छ।
यस प्रकरणसँगै वित्तीय अनियमितता, बीमा क्षेत्रको रकमको दुरुपयोग तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाले नयाँ मोड लिएको छ। अब विशेष अदालतमा हुने सुनुवाइ र प्रमाण परीक्षणपछि भट्टमाथि लगाइएका आरोपको कानुनी टुंगो लाग्नेछ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





