

पोखराबाट दुबईका लागि दैनिक व्यावसायिक उडान सुरु हुने, फ्लाई दुबईलाई अनुमति
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २३ सेप्टेम्बर २०२६ (भदौ ७ गते) देखि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि नियमित व्यावसायिक हवाई उडान सुरु हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई दैनिक नियमित उडान सञ्चालनको अनुमति प्रदान गरेको छ। सोसँगै उडानका लागि टिकट बुकिङ समेत खुला भइसकेको छ।
प्राप्त जानकारी अनुसार फ्लाई दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ विमानमार्फत दैनिक सातै दिन सिधा उडान सञ्चालन गर्नेछ। विमान साँझ सवा ६ बजे पोखरा अवतरण गर्ने र सवा ७ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका तय गरिएको छ।
यो उडान पोखराबाट दुबईसम्म करिब ५ घण्टाको हुनेछ। नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक चरणमा एक महिनाका लागि परीक्षण उडान अनुमति दिएको जनाएको छ।
फ्लाई दुबई इमिरेट्स एयरलाइन्सको भगिनी कम्पनी भएकाले यस उडानमार्फत पोखराबाट दुबई हुँदै विश्वका ३०० भन्दा बढी सहरमा कनेक्टिभिटी विस्तार हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





