धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा अवस्थित नरसिंह धाम (नृसिंह धाम) पछिल्लो समय धार्मिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

नेपालकै एकमात्र नृसिंह धामका रूपमा परिचित यो पवित्र स्थल बूढीगण्डकी नदी र नेत्रावती (आँखु) नदीको संगममा अवस्थित छ। धादिङ र गोरखा जिल्लाको सीमाक्षेत्र नजिक रहेको यस स्थानमा भक्तजनहरू स्नान, पूजापाठ र दर्शनका लागि पुग्ने गरेका छन्।

हिन्दू धार्मिक मान्यताअनुसार भक्त प्रह्लादको तपस्याबाट प्रसन्न भई भगवान् विष्णुको चौथो अवतारका रूपमा भगवान् नृसिंह यसै क्षेत्रबाट प्रकट भएको जनविश्वास रहेको छ।

यहाँ प्रत्येक वर्ष साउन महिनामा एक महिने विशेष धार्मिक मेला आयोजना हुने गर्दछ, जहाँ नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत श्रद्धालुहरू आउने गरेका छन्।

वि.सं. २०७२ को भूकम्पपछि गरिएको उत्खननका क्रममा प्राचीन ढुङ्गा, इँटा, लिच्छविकालीन सिक्का तथा मूर्तिका भग्नावशेष भेटिएपछि यस क्षेत्रको ऐतिहासिक महत्वसमेत उजागर भएको छ।

हाल धाम क्षेत्रमा नयाँ मन्दिर, गुरुकुल भवन, आवास गृह, गौशाला तथा अन्य पूर्वाधार निर्माण भइरहेका छन्। काठमाडौंँबाट करिब १२० किलोमिटर र धादिङबेसीबाट करिब २९ किलोमिटर दूरीमा रहेको नरसिंह धाम धार्मिक आस्था, शान्त वातावरण र प्राकृतिक सुन्दरताले भरिएको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
442 Shares