

मध्यपूर्व तनावको असर: कच्चा तेलको मूल्य उकालो, एशियाली शेयर बजारमा गिरावट
काठमाडौं । मध्यपूर्वमा जारी तनाव र ताजा सैन्य घटनाक्रमका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ।
सोमबार ब्रेन्ट क्रूडको मूल्य ३ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै प्रतिब्यारल ९६.३४ अमेरिकी डलर नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
विश्लेषकहरूका अनुसार मध्यपूर्वमा बढ्दो अस्थिरताले विश्व ऊर्जा आपूर्तिमा असर पर्न सक्ने चिन्ताका कारण तेल बजारमा मूल्य वृद्धि भएको हो।
यता अमेरिकामा ब्याजदर थप बढ्न सक्ने आशङ्काले लगानीकर्ताको मनोबल कमजोर बन्दा एशियाली शेयर बजारमा समेत गिरावट देखिएको छ। उच्च ब्याजदरको सम्भावनाले विश्वव्यापी आर्थिक गतिविधिमा दबाब बढ्ने अनुमान गरिएको छ।
ऊर्जा बजार र वित्तीय क्षेत्रमा देखिएको पछिल्लो उतारचढावलाई लगानीकर्ता तथा नीति निर्माताहरूले नजिकबाट नियालिरहेका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





