

हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन, एसियन गेम्स छनोटमा ऐतिहासिक सफलता
काठमाडौं । वर्षाले प्रभावित फाइनल खेलमा नेपालले हङकङलाई डकवर्थ–लुइस–स्टर्न (DLS) पद्धतिका आधारमा १९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको बलियो योगफल तयार गरेको थियो। हङकङका लागि अंशुमन रथले ८० रन तथा शाहिद वासिफले ५५ रनको महत्वपूर्ण योगदान दिए।
नेपालका बलरमध्ये शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट हात पारे।
१८९ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुआत गरेको थियो। ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि मौसममा सुधार नआएपछि खेल पुनः सञ्चालन हुन सकेन।
खेल रोकिँदा नेपाल DLS पार स्कोर ९५ रनभन्दा १९ रनले अगाडि रहेकाले नेपाललाई विजेता घोषणा गरिएको हो।
नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४० बलमा ६५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। कप्तान रोहित पौडेल ३५ रन तथा दीपेन्द्र सिंह ऐरी ९ रनमा अविजित थिए।
नेपाल प्रतियोगिताभरि अपराजित रहँदै च्याम्पियन बन्न सफल भएको हो। यस सफलतासँगै नेपाल, हङकङ, मलेसिया र ओमानले आगामी सेप्टेम्बरमा जापानको नागोयामा आयोजना हुने २०२६ एसियन गेम्सका लागि स्थान सुरक्षित गरेका छन्।
नेपालका लागि यो उपाधि केवल प्रतियोगिताको जित मात्र नभई अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा पनि हेरिएको छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





