

रोस्ट्रम घेरेर होइन, बहसबाट विरोध गरौँ : सांसद सुहाङ नेम्वाङ
काठमाडौं । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संसदमा रोस्ट्रम घेर्ने र नाराबाजी गर्ने अभ्यासप्रति असहमति जनाएका छन्। संसदलाई मर्यादित र प्रभावकारी बनाउँदै जनताका मुद्दामा केन्द्रित हुनुपर्नेमा उनले जोड दिएका हुन्।
संसदमा बोल्दै नेम्वाङले आफू विरोधका विषयमा स्पष्ट रूपमा उभिन तयार रहे पनि रोस्ट्रम घेराउ र नाराबाजीको पक्षमा नरहेको बताएका छन्।
“म आफ्नो स्थानमा उभिएर विरोध गर्न तयार छु, तर रोस्ट्रम घेरेर नाराबाजी गर्न जाँदिनँ,” उनले भने।
नेम्वाङले विगतमा विभिन्न दलहरूले अपनाएका रोस्ट्रम घेराउ तथा अवरोधका शैलीलाई पनि उचित नठानेको उल्लेख गर्दै राजनीतिक दलहरूले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
उनले वर्तमान समयमा संसदमा बजेट, विकास, सुशासन र जनजीविकासँग सम्बन्धित विषयमा गम्भीर बहस आवश्यक रहेको भन्दै नाराबाजी र अवरोधमा समय खर्च गर्नु उपयुक्त नहुने बताए।
जनताले सांसदहरूलाई संसद अवरुद्ध गर्न नभई आफ्ना समस्या समाधानका लागि निर्वाचित गरेको स्मरण गराउँदै उनले संसदीय मर्यादा, संवाद र बहसको संस्कृतिलाई सुदृढ बनाउन सबै दल जिम्मेवार हुनुपर्नेमा जोड दिए।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





