

शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणमा संलग्न पाँच जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनमैजु क्षेत्रमा अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री वितरण तथा सञ्चय भइरहेको सूचनाका आधारमा कारबाही गर्दै उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले हात्तीको दाह्रा टुक्रा–टुक्रा बनाई विभिन्न स्थानमा लुकाएर राखेका थिए। खोजतलासका क्रममा मनमैजुस्थित एक खाली जग्गामा गाडिएको अवस्थामा दुई थान दाह्रा बरामद गरिएको थियो। साथै एक आरोपीको कोठाबाट ट्रमाडोल–५० नामक लागुऔषधका १५० क्याप्सुल समेत फेला परेका छन्।
अनुसन्धानका क्रममा थप दुई थान हात्तीको दाह्रा टुक्रा अन्य व्यक्तिहरूमार्फत लुकाइराखिएको खुल्न आएपछि प्रहरीले थप आरोपीलाई समेत नियन्त्रणमा लिई दाह्रा बरामद गरेको जनाएको छ।
पक्राउ परेकामध्ये तीन जनामाथि लागुऔषध नियन्त्रण ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तथा अन्य दुई जनामाथि वन्यजन्तु संरक्षणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।
समाज
थप सामाग्री-
शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
-
काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु
-
तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर
-
कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
-
सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसद्मा थप जवाफ नदिने
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि
1.8kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…



