

कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै अवैध रूपमा भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ। ती सवारीसाधन मुस्ताङदेखि कास्की क्षेत्रसम्मको सडकबाट विभिन्न स्थानमा लैजाँदै गर्दा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल नेपालका एक उच्च अधिकृतका अनुसार नेपाल प्रहरीसँगको समन्वयमा गरिएको विशेष अपरेसनपछि ती सवारीसाधन होल्ड गरिएको हो। बरामद गरिएका अधिकांश गाडी नम्बर प्लेटविहीन रहेको जनाइएको छ।
“कागजात चेकजाँच भइरहेको छ। भन्सारसँग समन्वय गरेर सबै प्रक्रिया हेर्छौँ। त्रुटि नदेखिए फिर्ता हुन्छ, त्रुटि भेटिए कानुनअनुसार कारबाही हुन्छ,” ती अधिकृतले बताए।
सूचना अनुसार ती विद्युतीय गाडीहरू विभिन्न जिल्लामा लैजाने तयारी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो। बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै ठूलो मात्रामा गाडी नेपाल भित्रिएको आशङ्का समेत गरिएको छ।
कास्की र पर्वतलगायतका क्षेत्रमा हाल ती सवारीसाधन सुरक्षाकर्मीको निगरानीमा राखिएको छ। प्रारम्भिक विवरणअनुसार ती गाडीहरूमा चिनियाँ ब्रान्डका विद्युतीय सवारीसाधन समेत रहेको बताइएको छ।
भन्सार कार्यालयसँगको समन्वयमा कागजात तथा आयात प्रक्रियाको विस्तृत जाँचपछि मात्र ती सवारीसाधनको वैधता निर्धारण गरिनेछ।
समाज
थप सामाग्री-
शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
-
काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु
-
तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर
-
कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
-
सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसद्मा थप जवाफ नदिने
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि
1.8kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…



