

अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि सेवामा नफर्किएका ४१ जना प्राध्यापकले हालसम्म रु १० करोड ४६ लाख ५६ हजार ८०४ रकम फिर्ता गरेका छन्।
विश्वविद्यालय स्रोतका अनुसार अध्ययन बिदाको दुरुपयोगका कारण त्रिविलाई करिब रु २ अर्बभन्दा बढी आर्थिक क्षति पुगेको अनुमान गरिएको छ। फिर्ता गरिएको रकम त्रिविको पेन्सन कोषमा जम्मा भइसकेको बताइएको छ।
सरकारको निर्देशनपछि त्रिविले सम्बन्धित प्राध्यापकहरूलाई रकम फिर्ता गर्न पटक–पटक ताकेता गरेको थियो। रकम नबुझाउनेहरूको नाम सार्वजनिक गर्ने तयारी अघि बढेपछि असुली प्रक्रिया थप तीव्र बनेको र प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेको जनाइएको छ।
लामो समयदेखि चर्चामा रहेको अध्ययन बिदा दुरुपयोग प्रकरणमा राज्य पक्षले कडाइका साथ कदम चालेपछि आर्थिक उत्तरदायित्व सुनिश्चित गर्ने प्रयास प्रभावकारी बन्दै गएको सरोकारवालाहरूको भनाइ छ।
विश्वविद्यालय प्रशासनले अझै बाँकी रहेका व्यक्तिहरूबाट समेत रकम असुली प्रक्रिया जारी रहने जनाएको छ। यसलाई सार्वजनिक संस्थामा आर्थिक अनुशासन कायम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणका ५ जना पक्राउ, दाह्रा र लागुऔषध बरामद
-
काठमाडौं उपत्यकामा १६ नयाँ विद्युतीय बस सञ्चालनमा, चक्रपथमा नियमित सेवा सुरु
-
तनहुँमा एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ७ घाइते, एकको अवस्था गम्भीर
-
कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन नियन्त्रणमा, भन्सार जाँच प्रक्रिया सुरु
-
सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन शाहले संसद्मा थप जवाफ नदिने
अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ प्राध्यापकबाट १० करोडभन्दा बढी रकम फिर्ता, असुली प्रक्रिया तीव्र
१० घण्टा अगाडि
1.8kViews 328 Shares Share on Facebook Share on Twitter काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट अध्ययन बिदा लिएर निर्धारित समयपछि…



