स्वदेशी उद्योग जोगाउन आलोचना सहेरै कर प्रणाली फेरियो : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनका लागि सरकारले कर प्रणालीमा केही कठोर तर आवश्यक सुधार गरेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को कार्यक्रममा बोल्दै उनले आन्तरिक उत्पादनलाई विदेशी आयातको दबाबबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरबाट आलोचना खेप्नुपरे पनि कर संरचनामा पुनर्संरचना गरिएको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेका अनुसार प्लाइउडलगायत स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न अन्तःशुल्क हटाएर आयातित वस्तुमा मात्र लाग्ने गरी ‘आन्तरिक उत्पादन संरक्षण शुल्क’ लागू गरिएको छ। उनले यस्तो व्यवस्था अन्तर्राष्ट्रिय व्यापार अभ्यासका दृष्टिले चुनौतीपूर्ण देखिए पनि राष्ट्रिय उद्योगको संरक्षणका लागि आवश्यक रहेको बताए।

उनले निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख चालक शक्तिका रूपमा व्याख्या गर्दै उद्योगी–व्यवसायीको मनोबल बढाउन बजेटमार्फत विभिन्न नीतिगत व्यवस्था गरिएको उल्लेख गरे।

अर्थमन्त्री वाग्लेले निश्चित अवधिका लागि स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउन र उत्पादन क्षमता विस्तार गर्न सरकारले संरक्षणमुखी नीति अपनाएको बताएका छन्। यस्तो नीतिले दीर्घकालीन रूपमा आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुग्ने विश्वास सरकारको रहेको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
240 Shares