

QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
इटहरी । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन प्रवर्द्धन तथा यात्रुको सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल प्रहरीले सिटी सफारी (ई–रिक्सा) चालकहरूका लागि ‘सुरक्षित चालक अभियान’ सञ्चालन गरेको छ।
अभियानअन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीले सिटी सफारी चालकहरूलाई QR CODE सहितको ‘सुरक्षित चालक पोशाक’ वितरण गरेको छ। इटहरी उपमहानगरपालिका–५ स्थित दुर्गा पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त सिटी सफारी चालकहरूलाई उक्त पोशाक हस्तान्तरण गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी घिमिरेले बढ्दो सवारी चापसँगै ट्राफिक अनुशासन र सडक सुरक्षाको महत्व अझ बढेको उल्लेख गर्नुभयो। उहाँले ट्राफिक नियमहरूको पूर्ण पालना गर्न चालकहरूलाई आग्रह गर्दै “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार हो” भन्नुभयो। जिम्मेवार, अनुशासित र सचेत ढंगले सवारी साधन सञ्चालन गरी यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन उहाँले चालकहरूलाई अनुरोध गर्नुभयो।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले सुरक्षित चालक पोशाकको आवश्यकता र यसको औचित्यबारे प्रकाश पार्नुभयो। उहाँले QR कोडयुक्त पोशाकले चालकको पहिचान, निगरानी तथा सेवा व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाल यातायात महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका राम खेलौन चौधरी, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, इटहरी–५ का वडाध्यक्ष दिवस पोख्रेल तथा ई–रिक्सा छाता संगठन इटहरीका अध्यक्ष कुमार तामाङले अभियानको सफलताको शुभकामना व्यक्त गर्दै यसले सुरक्षित र मर्यादित सार्वजनिक यातायात सेवामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाँलले सुरक्षित यात्राका लागि चालक पोशाक अनिवार्यजस्तै रहेको उल्लेख गर्नुभयो। उहाँले यस अभियानले चालकहरूमा जिम्मेवारीबोध र सचेतना वृद्धि गरी सुरक्षित यात्राको सुनिश्चितता गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी, झापा, मोरङ, सुनसरी तथा उदयपुरका ट्राफिक प्रहरी प्रमुखहरू, यातायात व्यवस्था कार्यालय इटहरीका प्रतिनिधिहरू, नागरिक समाज, लेडिज जेसीज इटहरी, सञ्चारकर्मी, स्थानीयवासी, ई–रिक्सा संघका पदाधिकारी तथा ठूलो संख्यामा चालकहरूको सहभागिता रहेको थियो।
नेपाल प्रहरीले सुरु गरेको यो अभियानलाई सिटी सफारी व्यवस्थापन, चालकको पहिचान, सेवा गुणस्तर सुधार तथा यात्रुको सुरक्षालाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
८ घण्टा अगाडि
1.9kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



