तीन वर्षभित्र नतिजा देखाउने प्रतिबद्धता, त्यसपछि जिम्मेवारी नयाँ पुस्तालाई : मन्त्री पुन

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकालको स्पष्ट समयसीमा निर्धारण गर्दै तीन वर्षभित्र उल्लेखनीय नतिजा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार पदभार ग्रहण गरेपछि उनले मन्त्रालयमा अधिकतम तीन वर्ष मात्र रहने र त्यस अवधिमा दिनरात नभनी काम गर्ने बताएका हुन्।
‘यो सरकार पाँच वर्षको हो, तर म त्यति बेलासम्म बस्दिनँ। बढीमा तीन वर्ष बस्ने हो। त्यतिबेलासम्म रातदिन नभनी काम गर्ने हो,’ मन्त्री पुनले भने, ‘त्यसपछि नयाँ भाइबहिनीलाई जिम्मेवारी सुम्पिएर बिदा हुने हो।’
उनले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रलाई देशको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित काम गर्ने बताए। आफ्नो कार्यकालमा अनुसन्धान, प्रविधि विकास, नवप्रवर्तन प्रवर्द्धन तथा युवालाई अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखिने उनको भनाइ छ।
मन्त्री पुनको उक्त अभिव्यक्तिलाई राजनीतिक पदमा दीर्घकालीन टिकिरहनुभन्दा निश्चित लक्ष्यसहित परिणाममुखी काम गर्ने प्रतिबद्धताका रूपमा हेरिएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
464 Shares