

फिलिपिन्स भूकम्प : मृतकको संख्या ४५ पुग्यो, १७ जना अझै बेपत्ता
काठमाडौं । फिलिपिन्सको मिन्डानाओ टापुमा गएको शक्तिशाली ७.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ। भूकम्पपछि अझै १७ जना बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।
फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (NDRRMC) का अनुसार उद्धारका क्रममा थप शव फेला परेपछि मृतकको संख्या बढेको हो। बुधबार सुपरमार्केटको भग्नावशेषबाट थप एक जनाको शव निकालिएपछि यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु मिन्डानाओ टापुको सारंगानी प्रान्त नजिकै समुद्री क्षेत्रमा रहेको थियो। शक्तिशाली कम्पनका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ।
अधिकारीहरूका अनुसार भूकम्पबाट ४८० भन्दा बढी मानिस घाइते भएका छन् भने ३२ हजारभन्दा बढी नागरिक विस्थापित भएका छन्। प्रभावितहरूलाई अस्थायी आपत्कालीन शिविरमा राखिएको छ।
भूकम्पका कारण करिब ३ हजार घर, हजारौँ विद्यालय तथा सरकारी भवनहरूमा क्षति पुगेको बताइएको छ। विभिन्न क्षेत्रमा सडक चर्किएका छन् भने पहिरोका कारण यातायातसमेत प्रभावित भएको छ।
भूकम्पपछि तटीय क्षेत्रमा १.४ मिटरसम्मको सुनामी छाल रेकर्ड गरिएको थियो। जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो।
हाल प्रभावित क्षेत्रमा सेना, तटरक्षक तथा उद्धार टोली परिचालन गरी बेपत्ता नागरिकको खोजी तथा राहत कार्य तीव्र पारिएको छ। अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित क्षेत्रमा सहयोग पुर्याउने काम जारी राखेका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.3kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





