नक्कली लाइसेन्सको भरमा १७ वर्ष क्याप्टेन बनेका एयर क्यानडाका पूर्व पाइलट पक्राउ

क्यानडा । आवश्यक उच्च तहको पाइलट लाइसेन्सबिना नै १७ वर्षसम्म विमान उडाएको आरोपमा एयर क्यानडाका पूर्व क्याप्टेन जेफ्री वाल पक्राउ परेका छन्।

क्यानडाको पिल रिजनल प्रहरीले ‘प्रोजेक्ट इकारस’ अन्तर्गत ५९ वर्षीय वालमाथि अनुसन्धान अघि बढाएको हो। प्रहरीका अनुसार उनीसँग कमर्सियल पाइलट लाइसेन्स (CPL) भए पनि क्याप्टेन बन्न आवश्यक एयरलाइन ट्रान्सपोर्ट पाइलट लाइसेन्स (ATPL) थिएन।

आरोपअनुसार उनले नक्कली कागजात प्रयोग गरेर सन् २००९ देखि २०२५ सम्म एयर क्यानडाका ठूला विमानहरू सञ्चालन गरे। उनले बोइङ ७६७, ७७७ र ७८७ जस्ता विमानमा ९०० भन्दा बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान भरेको बताइएको छ।

उनको यो विषय सन् २०२५ मा टोरोन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको नियमित कागजात जाँचका क्रममा शंकास्पद विवरण भेटिएपछि बाहिर आएको हो।

प्रहरीले वालमाथि ठगी, सरकारी कागजात किर्ते र झूटा उजुरी दिएको लगायत सातवटा आरोपमा अनुसन्धान गरिरहेको छ।

यता, एयर क्यानडाले भने यात्रुको सुरक्षामा कुनै असर नपरेको जनाएको छ। कम्पनीका अनुसार वालले नियमित तालिम र मूल्यांकनहरू पूरा गर्दै आएका थिए।

लामो समयसम्म विमानन क्षेत्रमा काम गरेका व्यक्तिको योग्यतामाथि उठेको यो घटनाले हवाई सुरक्षा प्रणाली र प्रमाणिकरण प्रक्रियामाथि नयाँ बहस सुरु गरेको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
167 Shares