

कांग्रेसको आन्तरिक विवाद समाधान प्रयास तीव्र, इतर समूहका नेतासँग संवाद अघि बढाउँदै संस्थापन पक्ष
काठमाडौं । नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद समाधानका लागि संस्थापन पक्षले संवादको दायरा विस्तार गरेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पटक–पटक छलफल गरे पनि अपेक्षित सहमति जुट्न नसकेपछि संस्थापन पक्षले इतर समूहका प्रभावशाली नेताहरूसँग प्रत्यक्ष संवाद सुरु गरेको हो।
संस्थापन पक्षले मंगलबार बिहान डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जनसहितको सातबुँदे प्रस्ताव पठाएको छ।
यसअघि सभापति गगन थापाले सहमतिका लागि खड्कालाई सातबुँदे प्रस्ताव बुझाएका थिए। तर खड्काबाट स्पष्ट प्रतिक्रिया नआएपछि संस्थापन पक्षले सोही प्रस्तावलाई परिमार्जन गर्दै अन्य शीर्ष नेताहरूसमक्ष पुर्याएको हो।
सहमतिको प्रयासस्वरूप उपसभापति विश्वप्रकाश शर्माले जेठ २२ गते गल्फुटार पुगेर खड्कासँग करिब तीन घण्टा छलफल गरेका थिए। उक्त छलफलमा साझा सहमतिका केही आधार पहिचान भए पनि अन्तिम निष्कर्षमा पुग्न नसकेको संस्थापन पक्षले जनाएको छ।
त्यसपछि जेठ २४ गते सभापति थापा र उपसभापति शर्माले प्रस्तावमा थप परिमार्जन गरेका थिए। तर सोही दिन खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग ३१ दिनदेखि कुनै संवाद नभएको अभिव्यक्ति दिएपछि संस्थापन पक्ष असन्तुष्ट बनेको बताइएको छ।
कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि वैशाख ६ गते सभापति थापा गल्फुटार पुगेर खड्कासँग छलफल गरेका थिए। विशेष महाधिवेशनपछि दुई नेताबीच भएको उक्त भेट पहिलो प्रत्यक्ष संवाद थियो।
यता, संस्थापनइतर समूहले भने विवाद समाधानका लागि जेठ मसान्तसम्मको समयसीमा तय गरेको छ। तोकिएको समयभित्र सहमति नभए नवीकरण भएका क्रियाशील सदस्यताका आधारमा १५औँ अधिवेशन प्रक्रिया अघि बढाउने तयारी इतर समूहले गरेको छ।
इतर समूहका नेताहरूले सहमति नभए देशव्यापी भेला आयोजना गरी अधिवेशन प्रक्रिया अगाडि बढाउने संकेत दिएका छन्।
कांग्रेसभित्र सहमति खोज्ने प्रयास जारी रहे पनि विवाद समाधान हुन नसक्दा पार्टीको आन्तरिक शक्ति संघर्ष थप पेचिलो बन्दै गएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने विवादलाई लामो समयसम्म तन्काउन नहुने पक्षमा देखिएको छ।
अब कांग्रेसभित्र सहमति हुने वा अधिवेशनतर्फ जाने भन्ने विषय निर्णायक मोडमा पुगेको देखिएको छ।
समाज
थप सामाग्री-
धादिङको नरसिंह धाम : आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम
-
QR कोडसहित ‘सुरक्षित चालक पोशाक’ वितरण, डीआईजी घिमिरेले भने– “सुरक्षित चालक नै सुरक्षित यात्राको आधार”
-
विराटनगर विमानस्थलका चार होटललाई जनही ३ लाख जरिवाना, यात्रुसँग दोब्बर–तेब्बर मूल्य असुलेको पुष्टि
-
साहित्यकार गणेश खड्काको “नक्शामा नभएको देश” सेसेल्समा लोकार्पण
-
आज जेठ २७ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
७ घण्टा अगाडि
1.8kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…



