नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक शुभारम्भ प्रमुख अतिथि कार्कीले दीप प्रज्वलन गरी गरेकी थिइन्। वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको थियो। सामग्री वितरणले विद्यार्थीहरूको अध्ययन तथा अतिरिक्त क्रियाकलापप्रति उत्साह थपिएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले गुणस्तरीय शिक्षा, अनुशासन र सर्वाङ्गीण विकासमा विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यार्थीहरूलाई मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढ्न प्रेरित गरिन्।

वार्षिकोत्सव कार्यक्रमले विद्यालय, अभिभावक तथा समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ थियो।

Facebook Comments Box
नविना खत्री कार्कीको प्रमुख आतिथ्यमा हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न
७ घण्टा अगाडि

1.8kViews 198 Shares Share on Facebook Share on Twitter काठमाडौं । सामाखुशीस्थित हाम्रो स्कूलको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रहरी श्रीमती…

TOP
198 Shares