

विश्वकप २०२६ को आज भव्य सुरुआत, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्।
मेक्सिको सिटीस्थित रंगशालामा हुने खेल नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ बजे सुरु हुनेछ। यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ, जसमा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा अमेरिकाका १६ शहर आयोजक रहेका छन्।
घरेलु मैदानमा खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यमा छ। रोचक कुरा के छ भने, यो खेल सन् २०१० को विश्वकप उद्घाटन खेलको पुनरावृत्ति समेत बनेको छ। त्यतिबेला दक्षिण अफ्रिकामा भएको विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिका र मेक्सिकोबीचको खेल १–१ को बराबरीमा सकिएको थियो।
त्यस खेलमा मेक्सिकोका लागि गोल गर्ने राफायल मार्केज अहिले खेलाडीका रूपमा नभई प्रशिक्षक टोलीको भूमिकामा छन्।
मेक्सिकोका प्रशिक्षक जाभियर अगुइरेले घरेलु मैदानमा विश्वकप खेल्नु खेलाडीहरूका लागि विशेष अवसर भएको बताएका छन्। उनले टोली एकताबद्ध रहेको र उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
यता दक्षिण अफ्रिका अफ्रिकी छनोटमा समूह विजेता बन्दै विश्वकपमा पुगेको हो। प्रशिक्षक हुगो ब्रुसले मेक्सिको बलियो टोली भए पनि आफ्ना खेलाडीले अन्तिम समयसम्म संघर्ष गर्ने बताएका छन्।
दक्षिण अफ्रिकाका खेलाडीहरूले पनि उद्घाटन खेललाई लिएर उत्साह व्यक्त गर्दै समर्थकका लागि राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन्।
विश्वभरका फुटबल समर्थकको नजरमा रहेको यो खेलसँगै एक महिनाभन्दा लामो समय चल्ने विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा सुरु हुनेछ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





