नक्कली कागजात प्रयोग गरी अध्ययन भिसा सिफारिसमा गम्भीर अनियमितता, छानबिन गर्न गृह मन्त्रालयलाई शिक्षा मन्त्रालयको पत्र

काठमाडौं । विदेशी विद्यार्थीका लागि अध्ययन भिसा सिफारिस गर्ने प्रक्रियामा नक्कली कागजात, फर्जी सिफारिसपत्र र शंकास्पद रसिद प्रयोग भएको आशंका गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छानबिन र कानुनी कारबाहीका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

मन्त्रालयले वाल्मिकी विद्यापीठको नामबाट आएको ‘अध्ययन भिसा सिफारिस सम्बन्धी’ पत्रको आधारमा सिफारिस गरिएको भए पनि पछि गरिएको स्थलगत अनुगमनमा भर्ना, अध्ययन र अभिलेखसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ।

अनुगमनका क्रममा सिफारिस गरिएका व्यक्तिहरूले विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दाबी पुष्टि हुन नसकेको तथा केही रसिद र कागजात शंकास्पद र नक्कली प्रकृतिका देखिएको मन्त्रालयको निष्कर्ष छ।

मन्त्रालयले सोही विद्यापीठबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। त्यसपछि अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस खारेज गरिएको छ।

प्राप्त विवरणअनुसार सोही प्रकरणमा १० विदेशी नागरिकका लागि भिसा सिफारिस गरिएको पाइएको छ भने घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

शिक्षा मन्त्रालयले घटनामा संलग्न हुन सक्ने व्यक्ति, संस्था वा बिचौलियामाथि विस्तृत अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ।

Facebook Comments Box
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
८ घण्टा अगाडि

1.3kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…

TOP
489 Shares