

चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
बनेपा, काभ्रेपलाञ्चोक
काभ्रेपलाञ्चोकको बनेपाबाट चिकित्सकको प्रेस्क्रिप्सन (सिफारिस) बिना औषधि बिक्री–वितरण गरेको आरोपमा दुई औषधि पसलका सञ्चालकसहित चार जना पक्राउ परेका छन् । बिना अनुमति बेच्न नमिल्ने र लागुऔषधका रूपमा समेत दुरुपयोग हुन सक्ने औषधिजन्य सामग्रीहरू गैरकानुनी रूपमा किनबेच गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गैरकानुनी रूपमा औषधिजन्य लागुऔषध कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन तथा औषधि ऐन २०३५ बमोजिम थप कानुनी अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वसाधारण तथा औषधि व्यवसायीहरूलाई कानुनी दायराभित्र रहेर मात्र औषधिको कारोबार गर्न र चिकित्सकको सल्लाह बिना कडा खालका औषधिहरू प्रयोग नगर्न समेत सचेत गराएको छ ।
समाज
थप सामाग्री-
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
-
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेच्ने दुई सञ्चालकसहित चार जना बनेपाबाट पक्राउ
-
अख्तियार र सम्पत्ति शुद्धीकरणले जोगाएको सिन्डिकेटलाई सम्पत्ति छानबिन आयोगले कारबाहीको दायरामा ल्याउला ?
-
ट्राफिक नियम उल्लंघनमा कुनै सहुलियत नदिन निर्देशन : एसएसपी सुरेश काफ्ले
-
नेपालका लागि सञ्जीवनी बुटी : दिव्य उपदेश
गंगा दाहालको आरोप : परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध ‘मिडिया ट्रायल’ चलाइयो
९ घण्टा अगाडि
1.4kViews 197 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की…



