देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशभर मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदलीको अवस्था रहेको छ।

दिउँसोको पूर्वानुमान

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। तराई क्षेत्रका अधिकांश भागमा भने आंशिक बदली रहनेछ।

यसैबीच, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरू तथा अन्य पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको पूर्वानुमान

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ। मधेस प्रदेशसहित बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानहरू तथा अन्य पहाडी र हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

विशेष चेतावनी

कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Facebook Comments Box
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
१९ घण्टा अगाडि

1.8kViews 277 Shares Share on Facebook Share on Twitter विराटनगर । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले…

TOP
249 Shares