गृह मन्त्रालयद्वारा चार डीआईजीको सरुवा, विभिन्न प्रदेश र विभागमा जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृह मन्त्रालयले गरेको पछिल्लो निर्णयअनुसार उनीहरूको जिम्मेवारी विभिन्न प्रदेश तथा केन्द्रीय निकायहरूमा पुनः वितरण गरिएको हो ।

सरुवा सूचीअनुसार सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

त्यस्तै ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ ।

गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी ओम रानालाई अपराध अनुसन्धान विभाग (CIB) मा पदस्थापन गरिएको छ । राना यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत थिए ।

गृह मन्त्रालयको यस निर्णयसँगै प्रदेश तथा केन्द्रीय तहमा प्रहरी नेतृत्व व्यवस्थापनमा पुनः समायोजन भएको छ ।

Facebook Comments Box
“बालश्रममुक्त समाज निर्माणमा मोरङ प्रहरीको प्रतिबद्धता, विश्व बालश्रम विरुद्ध दिवस भव्य रूपमा सम्पन्न”
१९ घण्टा अगाडि

1.8kViews 277 Shares Share on Facebook Share on Twitter विराटनगर । विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय मोरङले…

TOP
405 Shares