

कालीमाटी बजारले तोक्यो आजका लागि तरकारी तथा फलफूलको नयाँ थोक मूल्य सूची
काठमाडौँ — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार बजारमा बिक्री हुने विभिन्न तरकारी, फलफूल, मसला तथा माछाजन्य वस्तुको मूल्य श्रेणीअनुसार निर्धारण गरिएको हो।
समितिले जारी गरेको सूचीअनुसार गोलभेँडा (नेपाली ठूलो) प्रतिकिलो रु ६०, भारतीय रु ७० तथा सानो लोकल रु २० देखि टनेल गोलभेँडा रु ३५ सम्म निर्धारण गरिएको छ। आलु रातो प्रतिकिलो रु ३५ देखि ३८ सम्म र सेतो आलु रु ३० मा कारोबार हुने भएको छ। प्याज (भारतीय सुकेको) प्रतिकिलो रु ४३ तोकिएको छ।
तरकारी समूहमा गाजर रु १००, बन्दा र काउली रु ६०, रातो मूला रु ४०, सेतो मूला रु २०, तथा भन्टा रु ३० देखि ४० सम्म निर्धारण गरिएको छ।
बोडी, सिमी, करेला, लौका, परवर, चिचिण्डो, घिरौँला, भिन्डी लगायतका अधिकांश हरियो तरकारीको मूल्य रु ३० देखि १०० को बीचमा तोकिएको छ। च्याउका विभिन्न प्रकारमध्ये कन्य च्याउ रु २५०, डल्ले रु ३७० र सिताके च्याउ प्रतिकिलो रु १,००० सम्म पुगेको छ।
फलफूलतर्फ स्याउ (फुजी) रु ३००, केरा रु २०० देखि २२० प्रति दर्जन, कागती रु १६०, अनार रु ४२०, आँप रु ८० देखि १०० तथा तरबुजा रु ५० प्रतिकिलो निर्धारण गरिएको छ।
त्यस्तै मसला तथा अन्य उपजमा अदुवा रु १३०, हरियो खुर्सानी रु ४० देखि ५०, सुकेको खुर्सानी रु ५००, लसुन रु १८० देखि २२०, हरियो धनियाँ रु ११०, तथा माछा रु २५० देखि ३४० सम्म निर्धारण गरिएको छ। सुकेको माछा प्रतिकिलो रु १,००० सम्म पुगेको समितिले जनाएको छ।
कालीमाटी बजार विकास समितिले दैनिक रूपमा आपूर्ति, माग तथा मौसमी अवस्थालाई आधार मानी थोक मूल्य निर्धारण गर्दै आएको छ।
समाज
थप सामाग्री-
सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनमा जोड : एसपी बस्नेतको विशेष निर्देशन
-
एसएसपी कृष्ण कोइरालाद्वारा अपराध अनुसन्धान शाखाको निरीक्षण, सेवामा पारदर्शिता र त्रुटिरहित अनुसन्धानमा जोड
-
पशुपति क्षेत्रमा साधु हत्या प्रकरण : तीन महिनापछि मुख्य आरोपी पक्राउ
-
सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार, समन्वयपछि अवस्था सामान्य
-
देशभर बदली र वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने चेतावनी
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
1.8kViews 427 Shares Share on Facebook Share on Twitter मेष आफन्त तथा नजिकका व्यक्तिहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजिक सम्बन्ध…



