सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनमा जोड : एसपी बस्नेतको विशेष निर्देशन

वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बस्नेतले सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीलाई विशेष निर्देशन दिएका छन्।

एसपी बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको निरीक्षण गर्दै कार्यालयको मेस, ब्यारेक तथा अन्य संरचनाको अवस्थाबारे जानकारी लिनुका साथै त्यहाँ कार्यरत ट्राफिक प्रहरी कर्मचारीसँग अन्तरक्रिया गरेका थिए।

निरीक्षणका क्रममा उनले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक सुरक्षामा देखिएका चुनौतीहरूको समाधानका लागि योजनाबद्ध रूपमा काम गर्न निर्देशन दिए। उनले बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई ध्यानमा राख्दै दुर्घटना न्यूनीकरणका लागि लक्ष्यसहितको कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

एसपी बस्नेतले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी दत्तचित्त, अनुशासित र व्यावसायिक ढंगले सम्पादन गर्न आग्रह गर्दै प्रहरी संगठनको गरिमा र आचरणविपरीत कुनै पनि गतिविधिमा संलग्न नहुन तथा त्यस्ता कार्य हुन नदिन सचेत गराए।

उनले नागरिकमैत्री सेवा प्रवाह, सडक अनुशासनको प्रभावकारी कार्यान्वयन तथा ट्राफिक सचेतना अभिवृद्धिमार्फत सुरक्षित यातायात वातावरण निर्माण गर्न सबै प्रहरी कर्मचारीको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई थप सुदृढ बनाउने, सेवाग्राहीप्रति सकारात्मक व्यवहार अपनाउने तथा सडक सुरक्षालाई केन्द्रमा राखेर परिणाममुखी ढंगले काम गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ।

Facebook Comments Box
आज जेठ ३० गते शनिबार, यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि

1.8kViews 427 Shares Share on Facebook Share on Twitter मेष आफन्त तथा नजिकका व्यक्तिहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। सामाजिक सम्बन्ध…

TOP
Shares