गोदावरी टेम्पो प्रकरण : वन कार्यालयले भन्यो– ‘भीरबाट खसाइएको होइन, असन्तुलनका कारण खस्यो’

कैलाली — गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे वन क्षेत्रमा टेम्पो भीरबाट खसालेको भन्दै सामाजिक सञ्जालमा फैलिएको प्रचारप्रति डिभिजन वन कार्यालय कैलालीले आफ्नो धारणा सार्वजनिक गरेको छ।

कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक, अतिरञ्जित र अफवाहपूर्ण रहेको दाबी गरेको छ। वन कार्यालयका अनुसार उक्त क्षेत्र नेपालकै संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको चुरे क्षेत्रअन्तर्गत पर्छ, जहाँ सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी खोका तथा छाप्रा बनाउने गतिविधि लामो समयदेखि हुँदै आएको थियो।

कार्यालयका अनुसार पछिल्लो पाँच महिनायता पुनः अवैध संरचना निर्माण भएपछि अतिक्रमण हटाउने अभियान सुरु गरिएको थियो।

वन कार्यालयले सामाजिक सञ्जालमा देखाइएको टेम्पो चल्ने अवस्थाको सवारी नभई चक्का र इन्जिन बिग्रिएको फलामे संरचना मात्र रहेको जनाएको छ। उक्त टेम्पोलाई पसलको टहरोका रूपमा प्रयोग गरी वन क्षेत्र अतिक्रमण गरिएको कार्यालयको दाबी छ।

वन कार्यालयले शनिबार हटाउने क्रममा टेम्पो सार्न खोज्दा भिरालो भू–सतह र असन्तुलनका कारण अनियन्त्रित भई भीरबाट खसेको स्पष्ट पारेको छ।

कार्यालयले कानुनअनुसार संरक्षण अभियान सञ्चालन गरिएको भन्दै घटनालाई अतिरञ्जित रूपमा प्रचार नगर्न र वास्तविकता बुझ्न आग्रह गरेको छ।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
427 Shares