

काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै महानगरले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना स्वीकृत गरेको छ।
महानगरका अनुसार सम्भावित डुबानबाट करिब ८ हजार ११५ परिवार प्रभावित हुन सक्ने अनुमान गरिएको छ। गत वर्षको अविरल वर्षाका कारण देखिएको बाढी तथा डुबानको समस्या दोहोरिन नदिन महानगरले जोखिम न्यूनीकरणका कार्यक्रम अघि बढाएको जनाएको छ।
महानगरले नदी तथा नदी किनारा सरसफाइ, ढल प्रणाली सुधार, सतह ढलको व्यवस्थापन, सडक किनारका स्ल्याब, ह्युम पाइप, क्याचपिट र मेल होलमा जमेको फोहोर हटाउने कामलाई तीव्रता दिएको छ।
सम्भावित डुबान न्यूनीकरणका लागि दैनिक ३० जना जनशक्ति परिचालन गरी ढलमा भएका अवरोध हटाउने र पानीको सहज निकास सुनिश्चित गर्ने काम भइरहेको महानगरले जनाएको छ।
समाज
थप सामाग्री-
मधेसमा सुशासन र प्रहरी सुधारका लागि आईजीपी कार्की र डीआईजी थपलियाको सक्रिय नेतृत्व प्रशंसनीय
-
नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
-
चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड
-
वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालियो, वन कार्यालयको सफाइप्रति थप प्रश्न
-
धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
१२ घण्टा अगाडि
1.4kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…



