झापाको मेचीनगरमा हात्तीको आक्रमणमा महिलाको मृत्यु

झापा । मेचीनगर नगरपालिका–४ मा हात्तीको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ६२ वर्षीया पद्मा पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आइतबार बिहान घरबाट बाहिर निस्कने क्रममा उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीले कुल्चिएपछि पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
302 Shares