

धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
धादिङ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्के बजार क्षेत्रमा सडक कालोपत्रेको काम सुरु भएको छ। लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको सडक विस्तार तथा स्तरोन्नति आयोजनाले गति लिएसँगै स्थानीयवासी, व्यवसायी र यात्रुमा राहतको आशा बढेको छ।
काठमाडौं–पोखरा जोड्ने महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहेको धार्के बजारमा सडक निर्माण ढिलाइ हुँदा स्थानीयले लामो समयदेखि धुलो, हिलो र जामको समस्या भोग्दै आएका थिए। सुक्खा मौसममा अत्यधिक धुलो र वर्षायाममा हिलोका कारण जनजीवन प्रभावित हुँदै आएको थियो।
स्थानीय आशिष ठकुरीले सडकको दुरावस्थाका कारण यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको बताए। जाम, खाल्डाखुल्डी र निर्माण सामग्रीका कारण यात्रा कठिन बन्नुका साथै दुर्घटनाको जोखिमसमेत बढेको उनको भनाइ छ।
स्थानीय व्यवसायी हरि तिमिल्सिनाले सडक निर्माणमा भएको ढिलाइले व्यापारमा असर परेको बताए। धुलोका कारण पसलमा राखिएका सामान बिग्रने, ग्राहक आउन असहज मान्ने र बजारको वातावरण प्रभावित हुने अवस्था रहेको उनले बताए।
नागढुंगा–मुग्लिन सडक आयोजना (पूर्वी–खण्ड) का प्रमुख केशवप्रसाद ओझाले धार्के बजार क्षेत्रमा कालोपत्रेको काम सुरु भएको जानकारी दिए। उनले निर्माण कार्यलाई तीव्रता दिइएको र तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
समाज
थप सामाग्री-
मधेसमा सुशासन र प्रहरी सुधारका लागि आईजीपी कार्की र डीआईजी थपलियाको सक्रिय नेतृत्व प्रशंसनीय
-
नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
-
चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड
-
वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालियो, वन कार्यालयको सफाइप्रति थप प्रश्न
-
धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि
1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…



