

पर्सामा १०० किलो गाँजा बरामद, खेतमा लुकाएर राखिएको अवस्थामा फेला
1.9kViews
188
Shares
वीरगञ्ज — पर्सामा १०० किलो गाँजा बरामद गरिएको छ।
जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैयाचोक क्षेत्रबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खेतमा लुकाएर राखिएको अवस्थामा पाँच बोरा गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उक्त गाँजा कसको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। घटनासँग सम्बन्धित व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
यसअघि आज बिहान मात्रै सिरहाको सुखीपुर नगरपालिका–८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ गरिएको थियो।
Facebook Comments Box
समाज
थप सामाग्री-
मधेसमा सुशासन र प्रहरी सुधारका लागि आईजीपी कार्की र डीआईजी थपलियाको सक्रिय नेतृत्व प्रशंसनीय
-
नेपाल इन्जिनियरिङ कलेजमा ‘इन्जिनियरिङ तथा अनुसन्धानका लागि पाइथन’ विषयक क्षमता अभिवृद्धि कार्यक्रम सुरु
-
चापाकोट प्रहरी कार्यालयको अनुगमन गर्दै एसपी राठौरको निर्देशन : सेवाग्राहीमैत्री सेवा र सुरक्षा व्यवस्थामा जोड
-
वन अतिक्रमण हटाउने नाममा टेम्पो भिरबाट खसालियो, वन कार्यालयको सफाइप्रति थप प्रश्न
-
धार्के बजारमा पृथ्वी राजमार्ग कालोपत्रे सुरु, धुलो–जामबाट राहतको आशा
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
११ घण्टा अगाडि
1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…



