असारमा अधिकांश बैंकको ब्याजदर स्थिर, केही बैंकले घटाए

काठमाडौं — असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन्।

सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार ११ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका छन् भने ६ बैंकले घटाएका छन्।

ब्याजदर घटाउने बैंकहरूमा लक्ष्मी सनराइज, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, प्राइम, हिमालयन र एनएमबी बैंक रहेका छन्। असारमा वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.७५ प्रतिशतसम्म ब्याज पाइने भएको छ।

एनएमबी बैंक र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा घटेर ४.२७ प्रतिशत कायम भएको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर सबैभन्दा कम ३.९५ प्रतिशत रहेको छ। नबिल, कुमारी र नेपाल एसबीआई बैंकको ब्याजदर विवरण भने सार्वजनिक भएको छैन।

Facebook Comments Box
काठमाडौं महानगरका १२८ स्थान डुबान जोखिममा, ८ हजारभन्दा बढी परिवार प्रभावित हुन सक्ने
८ घण्टा अगाडि

1.3kViews 366 Shares Share on Facebook Share on Twitter काठमाडौं — काठमाडौं महानगरपालिकाभित्र १२८ वटा स्थान डुबानको जोखिममा रहेको भन्दै…

TOP
173 Shares